महाभारत खण्ड १६: संशोधनहरू बीचको भिन्नता

 
पङ्क्ति ४:
पाण्डवहरू द्वैतवनमा छन् भन्ने सूचना दुर्योधन तथा उसका दुष्ट मण्डली (दुःशासन, शकुनि, कर्ण आदि) लाई तिनका अनुचरहरूबाट प्राप्त भयो । त्यसपछि उनीहरू एकपल्ट फेरि त्यहाँ गएर पाण्डवहरूलाई मार्ने योजना बनाउन लागे। संयोगवश त्यसताका कौरवहरूका गौसम्पत्ति द्वैतवनमा नै थिए । आफ्नो गौसम्पत्ति इत्यादिको रेखदेख र निरीक्षण आदि गर्ने बहानामा दुर्योधनले धृतराष्ट्रबाट द्वैतवन जाने अनुमति लियो । तर तिनीहरूको भित्री योजना अर्कै थियो ।
 
योजनामुताबिक दुर्योधन र उसको दुष्ट मण्डली एक ठुलै फाैज लिएर द्वैतवनमा पुगे र त्यहीँ बसे । उनीहरू आफ्नो राजसी ठाँटबाट देखाएर पाण्डवहरूलाई डाहा होस भन्ने चाहन्थे । यसैले बहुमूल्य वस्त्र र गरगहना लगाएका दरबारिया स्त्रीहरू पनि तिनका साथैमा लगेका थिए । एक दिन जलविहारका लागि दुर्योधनको समूह तथा दरबारका महिलाहरूसँग द्वैतवनमा रहेको मनोरम तलाउमा गए। तर त्यहाँको त्यस तलाउमा स्वर्गका गन्धर्वराज चित्ररथ पहिलेदेखि नै आएर आफ्नो पत्नीहरू तथा अन्य स्त्रीहरूसहित भएर जलक्रीडा गरिरहेका थिए। चित्ररथका रक्षकहरूले दुर्योधनहरूलाई तलाउमा पस्न नदिएर भने, “यतिबेला गन्धर्वराज चित्ररथ आफ्ना पत्नीहरूसँग यस तलाउमा जलक्रीडा गर्दै हुनुहुन्छ, अतः उहाँ बाहिर नआइकन अरू कोही पनि तलाउमा जान सक्दैनन्।” चित्ररथका रक्षकहरूको यस्तो भनाइ सुनेर दुर्योधनले क्रोधित हुँदै भन्यो “तँ कोसित कुरा गरिराख्या छस्, चिन्छस् ? म हस्तिनापुरनरेश धृतराष्ट्रको महाबली पुत्र दुर्योधन हूँ। यो सरोवर हाम्रो राज्यको सीमाभित्रै पर्छ । जा, तँ गएर त्यो चित्ररथ भनाउँदोलाई भनी दे यस देशका युवराज स्वयं यहाँ जलविहार गर्न आउनुभएको छ र तिमीलाई तुरुन्यततुरुन्त तलाउबाट बाहिर निस्कने आज्ञा दिनुभएको छ।”
 
दुर्योधनको घमण्डले भरिएको सन्देश सुनेपछि गन्धर्वराज चित्ररथचित्ररथको पनि क्रोधको सीमा रहेन । उनको दुर्योधन तथा उनकोउसको मण्डलीसँगटोलीसँग युद्ध भयो । दुर्योधनका टोली र सैनिकहरू केही समयसम्म त तै लडे, तर चित्ररथका बल र पराक्ररमका अगाडि तिनको जाेर चलेन तिनीहरू सबै दुर्योधन तथा अन्य दरवारिया स्त्रीसमेतलाई त्यहीँ छोडेर भागे। चित्ररथले दुर्योधन र ती राजमहिलाहरूलाई बन्दी बनाए । दुर्योधनलाई छोडेर भागेका सैनिकले केही सीप नलागेपछि त्यहाँ नगिचैमा बसेका पाण्डवहरूकहाँ गएर दुर्योधन र ती दरबारिया स्त्रीहरूलाई चित्ररथका बन्धनबाट मुक्त गराइदिन बिन्ती बिसाए । तिनकोत्यो सुनेर भीमसेनले प्रसन्न भएरहुँदै युधिष्ठिरलाई भने, “दाजु! दुर्योधन हामीलाई आफ्नो राजसी वैभव देखाउन यहाँ आएको थियो। चित्ररथको गन्धर्व टोलीले दुर्योधनको दुर्दशा गरेर हाम्रै हितको काम गरेको छ। हजुरले कदापि त्यसलाई नछुटाइदिनु होला ।” यस्तो कुरा सुनेर युधिष्ठिरले भने, “हेर भाइ भीम! यो मान्छे हाम्रो शरणमा आयो, र शरणमा आएपछि मान्छेको रक्षा गर्नु क्षत्रियहरूको धर्म हो । फेरि जतिसकै दुष्ट स्वभावभएस्वभाव भए पनि दुर्योधन आखिर अन्ततोगत्वा हाम्रो भाइ त हो नि । उससँग रहेका दरबारका महिलाहरू हाम्रै कुलका हुन् र तिनीहरूको निरादर वा बेइज्जती हुँदा हाम्रै कुल कलङ्कित हुनेछ । यसैले उचित के हुन्छ भने तिमी र अर्जुन गएर उनीहरूको रक्षा गर ।”
 
आफ्ना दाजुको आज्ञा मानेर भीम र अर्जुनले तलाउका नजिकै गएर चित्ररथलाई युद्धका निमित्त हाँक दिए। उनको ललकार सुनेर चित्ररथ क्रोधित हुनुका सट्टामा मुस्कुराउँदै अर्जुनका नजिकै आए र भने, “हे पार्थ! म त तिम्रो साथी नै हूँ। वास्तवमा दुष्ट दुर्योधन आफ्नो सेना लिएर तिमी पाण्डवहरूलाई मार्न यहाँ आएको थियो। देवराज इन्द्रलाई यस कुराको सूचना मिलेको थियो, यसैले उहाँले पठाएर म यहाँ आएको हुँ । हे सखा! नीतिले के भन्छ भने यस्ता दुष्टलाई कहिल्यै क्षमा गर्नु हुँदैन, तर आफ्ना दाजुको आज्ञा मानेर यदि तिमी दुर्योधनलाई बन्धनबाट छुटाउन नै चाहन्छाै भने ल लग, यो यसलाई तथा यससँग रहेका राजमहिलाहरूलाई अहिल्यै छोडी दिन्छु।” यति भनेर चित्ररथले दुर्योधनसहित सबै कैदीहरूलाई मुक्‍त गरिदिए । यसपछि ती सबै धर्मराज युधिष्ठिरका सामुन्ने गएर हात जाेडी उभिए । ग्लानिले भरिएको दुर्योधनले पनि युधिष्ठिरलाई प्रणाम गरेर लज्जाले शिर झुकाउँदै सबै समूहसित आफ्नो बाटो लाग्यो ।
 
==स्रोत==