विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२१:
तिम्रा ध्यानमा आउने सर्वोत्तम मनोभावलाई आफ्नो मनमा धारण गर । केवल दृढ विचार–शक्तिको प्रभावबाट नै आफूमा अद्भुत परिवर्तन गर्न सक्ने छौ ।
जब तिम्रो भोजनको समय हुन्छ र तिमीलाई भोक लागेको छैन भने के भावना गर भने सारा दिन उपवास गरेको हुनाले आफूलाई बडो जोडसँग भोक लागेको छ । यसको यथार्थ कल्पना गर्नाले तिमीलाई जोडको भोक लाग्ला । भोजन गर्ने बेला के भावना राख भने तिमी अति स्वादिष्ट भोजना गरिरहेछौ । यस भावनाले यसै बेला पाचन क्रियामा जुन रसहरूको आवश्यकता छ ती द्रवीभूत भएर भोजनलाई शीघ्र पचाइदिने छन् ।
कल्पना गर तिमीमा अपूर्व मेघा–शक्ति र स्मरण–शक्ति छ । धारणा शक्तिद्वारा तिमी स्मृति–मेधावान् अवश्य बन्न जानेछौ र धेरै बुद्धिमान र तेजस्वी पनि बन्न सक्ने छौ । अनुभव गरेर हेर । विचार–शक्तिबाट नै हामी खस्छौ र उठछौ, उभिन्छौ र हिडदछौ । विचारको तीव्र शक्तिले नै सब कार्य हुन्छन् । जो आफ्ना विचारहरूमाथि अनिधार जमाउँछ, त्यो आफ्नो मनोवेगमाथि पनि शासन गर्न सक्छ । त्यो हर्ष, प्रेम र शक्तिले भरिएका तन्तु–जान बुनिरहन्छ । जो आफ्नो उच्च लक्ष्यलाई अखण्ड सत्य–ज्योतिमा परिवर्तित गरिदिन्छ त्यो आफ्ना विचारहरूको अनुभवले बृद्धलाई युवा र रोगीलाई निरोगी बनाउन सक्छ । मानिस जस्तो विचार आफ्नो मनमा गर्दछ उस्तै नै त्यसको फल हुन्छ । यदि ती विचार यथार्थ छन् भने सब जीव–कोश ९ऋभििक०(cells) उस्तै नै कार्य गर्न लागिहाल्छन् ।
“म सबथोक गर्नसक्छु”–यो विश्वास सदा राख्नाले सब जीव–कोश ९ऋभििक०(cells) तिमीलाई उस्तै नै बनाइदिनेछन् तर यदि तिमीलाई आफ्नो योग्यतामा सन्देह हुन्छ अब तिम्रो बृद्धावस्था आइपुग्यो । अतः अब तिमी निर्बल हुन जानेछौ भने यस्तो विचारहरूलाई धेरै दिनसम्म गर्दै रहनाले वृद्धावस्था र निर्बलता अवश्य आइहाल्नेछ । प्रायः नाटकहरूमा देखिएको छ स्त्री–भेषधारी, संगीत–प्रिय नट धेरैसमयसम्म युवा बनिरहन्छन् र उस्तै नै हाउभाउ गरी आचरण गर्दछन् । मनका जति अप्रिय अवस्थाहरू छन् ती सक बृद्धावस्था उत्पन्न गर्ने र शक्तिलाई नष्ट गर्नेवाला हुन् । यसैले अप्रिय अवस्थालाई कहिल्यै आफ्नो मनमा उत्पन्न हुन दिनु हुँदैन । हामी प्रत्येक मानिसलाई देखेर उसको विचारलाई जान्न सक्छौं । उदास या प्रसन्नचित्त मुख देख्नाले नै यो कुरा थाहा हुन्छ । यसैले हामी सदैव जसरी अरूको विचारहरूलाई बुझ्दछौं उसरी नै आफ्नो विचारलाई पनि बुझ्ने नै उद्योग गर्नुपर्दछ । यदि हाम्रो मनमा भय, चिन्ता लागिरहन्छ भने हामी अवश्य नै खस्तै जानेछौं । हाम्रो जीवन तुच्छ र तुच्छतर बन्दै जानेछ । यस्तो दशामा ती विचाहरूलाई बदलिदिनु पर्दछ । जुन विचारहरूद्वारा हाम्रो जीवन सुख शान्तिले उन्नतिको मार्गमा प्रवृत्त हुन्छ उनै विचारहरूलाई मनमा ल्याउनु पर्दछ ।
विचार वास्तवमा शक्तिमान र प्रभावशाली हुन्छन् । हाम्रो प्रत्येक विचारमा राम्रो वा नराम्रो प्रभाव हुन्छ । यदि हामी कसैलाई घृणा गछौं भने हामी आफ्नो शरीरबाट एक प्रकारको विष निकाल्दछा । जो हाम्रो चारैतिर फैलिन्छ तथा समीपवर्ती प्राणीहरूलाई हानि पु¥याउँछ । यस्तै नै जब हामी कसैसँग प्रेम गर्दछौं भने ऊ प्रति सहायता र कृपाको विचार पठाउँछौ, यसले उसको चारैतिर फैलेर उसलाई सहायता र शान्तिछ प्रदान गर्दछन् ।
शक्ति त्यसलाई भन्दछन् जो अरूलाई गति प्रदान गरोस् । अरूलाई चलाउने विचार–शक्ति हो । यसैले सारा संसारलाई चलाइरहेछ । यस्ता विचार जहाँबाट उत्पन्न हुन्छन् त्यो मन हो र जुन यन्त्रद्वारा मनबाट विचार निकालिन्छ त्यो मस्तिष्क हो । विचारहरूलार्य कोही देख्न सक्दैन, न कसैले आजसम्म देखेको छ तर विचारको अद्भुत शक्तिलाई सबैले स्वीकार गरेका छन् । विचारले नै रचना गर्दछन्, भेद गर्दछन्, बनाउँछन् र नाश पनि गर्दछन् ।
पङ्क्ति २३२:
यस कार्यको सिद्धिका निम्ति दुई कुरामा बिशेष ध्यान राख्नु पर्दछ । एउटा हो आदर्शमाथि ध्यान र दोस्रो आदर्शको विरुद्ध काम नगर्नु । क्षण भंगूर सुखहरूमाथि दृष्टि दिएर आफ्नो आदर्शको विरुद्ध कहिल्यै चल्नु हुँदैन । भनेको पनि छ ः– “हठ न छुटे, छुटे बरू देहा” (हठ न छुटोस्, छुटोस् बरू देह) यसले प्रारम्भिक कार्यबाट निराश हुनु हुँदैन ।् स्वभावलाई बदल्नु सहज कुरो होइन, जो शीघ्र नै बदलियोस् । यसमा समयको आवश्यकता छ । जसै जसै अभ्यास बढ्दै जानेछ, उसै उसै शक्ति पनि बढ्दै जानेछ । अभ्यासबाट के हुन सक्दैन ? कठिनभन्दा कठिन कार्य पनि लगातार दृढ अभ्यासले अवश्य सिद्ध हुन जान्छ । यसमा कत्ति पनि सन्देह छैन ।
विचारहरूमा शक्ति एकाग्रताले उत्पन्न हुन्छ । प्रत्येक मनुष्यको आसपास आकाशमा राम्रा नराम्रा विचार घुमिफिरी रहन्छन् । जसको मन अशिक्षित छ, ती नराम्रा विचारहरूलाई आफूतिर खिच्दछन् जसको परिणाम भय, शोक, चिन्ता, उद्वेग आदि हुन्छन् । वास्तवमा मनलाई स्वतन्त्र छोडिदिनाले मनुष्यको जति अनिष्ट हुन्छ उति अरू कुनै कारणबाट हुँदैन ।
== मौनशक्ति ==
बजारमा गएर हे¥यौँ भने मानिसहरूको मुखमा उनका मनको अवस्था स्पष्ट देखिन्छ । कसैको अनुहार चिन्ताले मलीन छ भने कसैको भयले उद्विग्न र कसैको शोकले उदासीन प्रतीत होला । यी सबको कारण आफ्ना आन्तरिक विचारहरू नै हुन् । विचारहरूको शक्ति बुझ्नाले मानिस चाहे जस्तो उन्नति गर्न सक्छ । मानिसको परिस्थिति र मित्र–शत्रु आदिको कारण अरू कोही होइन केवल उसका निजी विचार नै हुन् । राम्रा विचार सुख र नराम्रा विचार दुःख दिने हुन्छन् । भलाइ गर्ने इच्छामा नै महान् शक्ति भरिएको हुन्छ । त्यो शक्ति अन्जानमा गुप्त रूपबाट आफ्नो कार्य गर्दछ । यसैलाई मौन शक्ति पनि भन्दछन् । दुई मानिस परस्परको विश्वासले संसारमा यात्रा गर्दछन् र कही कही दुई मनुष्यमा सन्देह उत्पन्न हुन जान्छ, यो सब उसै मौन शक्तिको कारण हो ।
विचारहरूलाई कहिल्यै निष्फल नसम्झ, सबै विचार केही न केही फल अवश्य उत्पन्न गर्दछन् । यसैले आफ्ना विचारहरूलाई सदा सावधानीले हेर्दै रहने गर कि ती उत्तम र सर्वोत्तम फल उत्पन्न गर्नेवाला हुन् वा होइनन् । यसभन्दा बढी आनन्दको साधन दोस्रो कुनै छैन । अदृष्ट सहायता सब कालमा, सब गाउँमा, सबकालागि सदा तयार छ । त्यसलाई प्राप्त गर्न जुन योग्यताको आवश्यकता छ त्यसलाई बुझेर प्राप्तिको अभ्यास ग¥यौ भने सब बस्तुहरू आफ्नो इच्छानुसार स्वयं पाउन सक्ने छौ ।
एउटा विद्वान्को भनाइ छ– विचार जति शक्तिशाली हुन्छ, उति कुनै बस्तु संसारमा शक्तिशाली सिद्ध हुँदैन । जो मानिस हितकारी विषयहरूमाथि उचित रीतिले विचार गर्न सक्दछन्, ती कुनै न कुनै दिन संसारको महान् उपकार गरेर सफल मनोरथ अवश्य हुनेछन् । हामी जो पनि विचार गर्दछौँ उसको हामीले सदा ध्यान राख्नु पर्दछ । हामी वायुलाई देख्न सक्दैनौँ तर जान्दछौ कि वायु छ । सूर्यको किरणहरूबाट सरोवरको जल वाफ भएर आकाशतिर जान्छ, हामी त्यसलाई देख्न सक्दैनौँ । यसरी नै विचारलाई हामी स्थूल नेत्रद्वारा देख्न सक्दैनौँ । वायु र जलको लहरहरूको समान विचारहरूको पनि लहरहरू वा तरङ्गहरू हुन्छन् । जस्ता हाम्रा विचार छन् उस्तै नै विचारहरूलाई हामी आफूतिर आकर्षित गर्नेगछौँ । यदि हामी विचारहरूलाई स्थूल नेत्रले देख्नसक्ने भए हामीलाई एक मानिसबाट दोस्रो मानिसतिर गइरहेका अगणित विचारका तरङ्गहरू देखा पर्ने गर्थे र यो पनि ज्ञात हुन्थ्यो कि एउटा सज्जन–परोपकारी मानिसका विचार–तरङ्गहरू अन्य कुनै यस्तै प्रकृतिको मानिसका विचार–तरङ्गहरूसँग सर्वथा मिल्दाजुल्दा छन् । यस्तै नै निराशा क्रोधयुक्त मानिसका विचरा–तरङ्गहरू पनि सर्वथा समान हुन्छन् । वायुमा गएर यी समान तरङ्गहरू उठ्दछन् ती उस्तै नै तरङ्गहरूलाई सहायता पु¥याउँछन् र वलवान बनाउँछन् ।
यो सत्य हो कि विचार गर्ने शक्ति सब मानिसहरूमा हुन्छ तर सबै अवसरमा र सबै ठाउँमा सर्वजन त्यस शक्तिलाई काममा ल्याउँदैनन् । धेरै जस्तो मानिस मोटो कुरामा पनि आफ्नो विचार शक्तिलाई काममा ल्याउँदैनन् वा ल्याउन सक्दैनन् । अगाडि बढेर विचार–शक्तिद्वारा ती आफ्नो भावनालाई विचारमा परिणत गर्ने कष्टसम्म उठाउँदैनन् । किनभने यस्ता मानिसहरूमा विचार शक्ति सुतिरहेको हुन्छ । विचारवान् हुन यस शक्तिलाई जगाउने आवश्यकता छ । जति धेरै विचार गर्ने अभ्यास हुन्छ उति नै विचार शक्ति जागृत हुन्छ किनभने विचार गर्ने शक्ति स्वाभाविक विचार गर्नले नै आउँछ । यदि इच्छा तीब्र छ भने मानिसले विचार गर्दा गर्दा कपिल, कणाद आदिको जस्तो आफ्नो सब जीवन विचारमय बनाउन सक्दछ ।
परमात्माले मानिसलाई ऐश्वर्ययुक्त बनाएर उसलाई आफ्नो शक्तिको एक अंश प्रदान गरेको छ । यदि मानिस त्यस् अंशको सदुपयोग गर्छ भने जे चाहयो सो प्राप्त गर्न सक्छ । उसंग विश्व भण्डारको साँचो छ । यदि ऊ त्यसको उचित उपयोग गर्छ भने जस्तो सुन–चाँदीलाई गलाएर साँचामा ढाल्न सकिन्छ उस्तै नै त्यस सर्वशक्तिको अंशबाट यथोचित लाभ उठाउनका लागि ऊ आफ्नो विचारहरूलाई उच्च र दृढ बनाओस् । जस्ता विचार होलान् उस्तै नै त्यस शक्तिको उपयोग र फल होला ।
जस्तो विचार उस्तै फल
कुनै पदार्थको उत्पत्तिको पूर्व त्यसको मानसिक चित्र अस्तिस्वमा आउँछ । हवाईजहाज, मोटर, रेलगाडी आदि बस्तुहरू एक्कासी बनेका होइनन् । पहिलेदेखि नै वैज्ञानिकहरूले तिनको विचार गरेका थिए र दृढतापूर्वक परिश्रम गरेपछि तिनले आफ्ना विचारहरूलाई कार्यरूपमा ल्याउन सकेका हुन् । दृढ विचारको अर्थ हो विचार र त्यसलाई कार्य रूपमा ल्याउने इच्छा र उद्योग । जुन विचार निर्बल हुन्छन् र जसमा तीब्र इच्छा हुँदैन ती विचार होइनन् कल्पना मात्र हुन् । एउटा वैज्ञानिकले एउटा नवीन विष बनाउने विचार ग¥यो र तदर्थ कार्य पनि आरम्भ गरिहाल्यो भने त्यसको त्यो सङ्कल्प पूरा भएने भने पनि उसले बनाएको पदार्थ विषाक्त त अवश्य होला–अमृत हुँदैन किनभने विचार नै जब खराब हुन्छन् तब फल राम्रो कहाँबाट हुन सक्छ । जस्तो बीज रोपिएको छ उस्तै नै फल लाग्छ ।
यदि हामीले नित्य हुने कार्य माथि मुहूर्तभर मात्र विचार ग¥यौँ भने ज्ञात हुन्छ प्रत्येक कार्य गर्नुभन्दा पूर्व हामी त्यसको विचार गर्दछौँ । जुन कार्य हामी झट्ट गरि हाल्दछौँ त्यो पनि हामी अचानक गर्दैनौँ ।