विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२८:
अमेरिका र इङ्गलैण्डका विद्वान् डाक्टर के सिद्ध गर्दैछन् भने मन–शक्ति अर्थात् विचार शक्ति औषधीको अपेक्षा अधिक बलवान् छ । जुन रोगहरूमा ठूला–ठूला डाक्टर, वैद्य, हकिम घुँडा टेकिदिन्छन् तिनमा मन–शक्तिले आफ्नो चमत्कारिक प्रभाव देखाउँछ र रोगीलाई बलपूर्वक मृत्यु–मुखबाट छुटाएर अचम्ममा पारिदिन्छ । ठूला—ठूला रोगहरूलाई पनि मनले शीघ्र राम्रो गरिदिन्छ । यसैकारण मनसँग भन हाम्रो यो रोग शीघ्र हटोस् । यदि विश्वासपूर्वक भन्यौ भने रोग अवश्य दूर हुन जानेछ । यसको प्रभाव अवश्य पर्दछ तर सुस्त पर्दछ । अतः ढिला भो भनेर निराश हुनुहुँदैन नित्य उठ्दा बस्ता, सुत्दा—जाग्दा रोग हटोस् भन्ने भावना गर यो भावना वा इच्छाले नै रोगहरूलाई हटाइदिनेछ । योग—चिकित्सामा लेखेको छ कि शीर यन्त्र हो यसलाई जस्तो बनाउन चाहान्छौ त्यो उस्तै नै बन्न जानेछ ।
विचारहरूमा रचना गर्ने शक्ति छ । यसैले मानिसका जस्ता विचार हुन्छन् उस्तै नै उसको उन्नति या अनति हुन्छ । जुन विद्यार्थीको मन सदा उत्साहपूर्ण हुन्छ तथा जसको मनमा सदा ठूलो हुने लालसा रहन्छ र जो लेखक, ठूलो बक्ता वा ठूलो अधिकारी हुन चाहन्छ तथा जसको मन सदा ठूलो वस्तुहरूको रचना गर्ने गर्दछ त्यो वास्तवमा ठूलो नै हुन्छ ।
'''== मनलाई दास बनाऊ, मालिक होइन''' ==
अध्यात्म–शास्त्रको अटल नियम छ कि यदि एउटै प्रकारको विचार धेरै कालसम्म बुद्धिमा रह्यो भने त्यस मानिसको बुद्धि त्यसैको अनुरूप हुन जानेछ । त्यो उस्तै नै कार्य गर्नलाग्नेछ । मानिसका राम्रा, नराम्रा कार्य यसै प्रकारका हुन्छन् । संयोगबश कुनै नराम्रो विचार कसैको मनमा आउन जान्छ तब त्यसमाथि एकाग्रतापूर्वक मनन गर्नाले अन्जानमा नै त्यस विचारका साथ उसको संगत हुन जान्छ र उसको बुद्धि उस्तै नै हुन जान्छ र विवश भएर ऊ त्यस विचार अधीन हुन पुगी खराब कर्म गर्दछ । तर यसै तत्वलाई जानेर यदि मानिस राम्रा विचारहरूको उपयोग गर्छ भने जीवन जस्तो चाह्यो उस्तो बनाउन सक्छ । मानिस स्थूल सृष्टिमा परतन्त्र भए पनि आन्तरिक–सृष्टिमा पूर्ण स्वतन्त्र छ । त्यो चाहे जस्तो विचार गर्नका लागि स्वतन्त्र छ । मन हाम्रो दास हो, यसैले उसले हाम्रै अधीनमा चल्नु पर्दछ । यदि त्यो हाम्रा वशमा छैन भने त्यसलाई वशमा ल्याउनु पर्दछ । त्यसको उपाय के हो भने प्रथमतः मनको स्वभाव कस्तो छ र ऊ कस्तो काम गर्दछ, यो विचार गर्नु पर्दछ । मनलाई जस्तो कुरा सिकाइन्छ, उस्तै नै ऊ सिक्छ । छिटो होस् या ढिलो होस्, सिक्छ अवश्य । यसमा किञ्चित मात्र पनि सन्देह छैन, एक पटक अभ्यासमा लगाएपछि उसले जस्तो सिकेको छ उस्तै नै गर्दछ । उसलाई बश गर्न शुरू शुरूमा सफलता हुँदैन भने पनि निराश हुनु हुँदैन । कालान्तरमा अभ्यासको दृढताले ऊ तिम्रो भनाइ अनुसार काम गर्नलाग्नेछ । जस्तो विचार तिमी गर्न चाहान्छौ, मन उस्तै नै विचार गर्न लाग्ने छ तर नराम्रा विचारहरूबाट मनलाई हटाउनु छ भने नराम्रा विचारहरूका साथ मनको संगत हुन दिनु हुँदैन । नराम्रा भावहरूलाई कुनै पनि रूपमा मनमा आउन नदेऊ । कुनै अशुभ विचार आउँछ भने तत्काल कुनै राम्रो विचारतिर वा आत्मसंयमतिर वा कुनै आत्म–संयमी महात्मातिर अथवा आत्म चिन्तनमा मनलाई लगाउनु पर्दछ । यस रीतिले नराम्रा विचारलाई रोक्न सकिन्छ । यस्तै सब असद् विचार दूर गर्न सकिन्छ र तिनलाई शुद्ध र प्रभावशाली बनाउन सकिन्छ । यस रीतिलाई बुझेर काममा लगायो भने त्यो मानिस क्रम–क्रमले उच्च आदर्शका अनुसार उन्नति गर्नसक्दछ ।
यस कार्यको सिद्धिका निम्ति दुई कुरामा बिशेष ध्यान राख्नु पर्दछ । एउटा हो आदर्शमाथि ध्यान र दोस्रो आदर्शको विरुद्ध काम नगर्नु । क्षण भंगूर सुखहरूमाथि दृष्टि दिएर आफ्नो आदर्शको विरुद्ध कहिल्यै चल्नु हुँदैन । भनेको पनि छ ः– “हठ न छुटे, छुटे बरू देहा” (हठ न छुटोस्, छुटोस् बरू देह) यसले प्रारम्भिक कार्यबाट निराश हुनु हुँदैन ।् स्वभावलाई बदल्नु सहज कुरो होइन, जो शीघ्र नै बदलियोस् । यसमा समयको आवश्यकता छ । जसै जसै अभ्यास बढ्दै जानेछ, उसै उसै शक्ति पनि बढ्दै जानेछ । अभ्यासबाट के हुन सक्दैन ? कठिनभन्दा कठिन कार्य पनि लगातार दृढ अभ्यासले अवश्य सिद्ध हुन जान्छ । यसमा कत्ति पनि सन्देह छैन ।
विचारहरूमा शक्ति एकाग्रताले उत्पन्न हुन्छ । प्रत्येक मनुष्यको आसपास आकाशमा राम्रा नराम्रा विचार घुमिफिरी रहन्छन् । जसको मन अशिक्षित छ, ती नराम्रा विचारहरूलाई आफूतिर खिच्दछन् जसको परिणाम भय, शोक, चिन्ता, उद्वेग आदि हुन्छन् । वास्तवमा मनलाई स्वतन्त्र छोडिदिनाले मनुष्यको जति अनिष्ट हुन्छ उति अरू कुनै कारणबाट हुँदैन ।
== शीर्षक अक्षर ==