विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६८:
 
'''विचारबाट रोग हटाउने उपाय'''
हाम्रो शरीरमा कुनै प्रकारको रोग आफ्नो मनोज्ञानले आउँदैन, बरु जब हामी उसलाई बोलाउँछौ तब ऊ डराई–डराई आउँछ । किनभने हामी रोगको विचार धेर गर्दछौं अर्थात् रोगको इच्छा गरेर नै रोगलाई बोलाउँछौ, अतः रोग आउँछ । यसैले प्राचीन ऋषिहरूले के सिद्ध गरेका छन् भने परम कृपालु परमेश्वरले हाम्रो शरीरको रचना यस्तो गरेको छ कि त्यसमा कुनै प्रकारको रोग इच्छाबिना स्वतः आउन सक्दैन । हाम्रो शरीरमा जे रोग आउँछ त्यसलाई हाम्रो प्रश्वासले बाहिर निकालिदिन्छ । यसै प्रकार धेरै जस्तो रोग पसिनाबाट निस्कन्छ । कति त मूत्रद्वारा निस्कन्छन् । कतिलाई जठरागिलने भस्म गरिदिन्छ, कैयौं त मन तथा बुद्धिको बलबाट नष्ट हुन्छन् र अरू कैयौं रोग हाम्रा नराम्रा विचारहरूले गर्दा शरीरलाई नष्ट पार्न सफल हुन्छन् । ईश्वरको इच्छा के छ मानिस सदा निरोगी र सुन्दर रहून् तथा जबसम्म पूर्ण ज्ञान प्राप्त हुँदैन, तबसम्म उसको उन्नति हुँदै रहोस् र यसैले हाम्रो शरीरमा कुनै रोग पनि आफ्से आफ आउन सक्दैन, किनभने हाम्रो शरीरमा आउँदा उसको सत्कार हुँदैन, बरु उसले लडाइँ गर्नु पर्दछ, तीतो औषधी पिउनु पर्दछ । त्यसैले हामीले चाह्यौ भने रोग सहज रीतिबाट हटाउन सकिन्छ । रोगहरूलाई हटाउनु शरीरको स्वाभाविक धर्म हो । यसमा प्रकृतिको केही विरोध छैन । यसैले आफ्नो ज्ञान र आत्म–बलबाट हामी भारी रोगलाई पनि बडो सरलतासाथ निवृत्त गर्न सक्छौ । यस्तो भएर पनि हामी रोगी रहन्छौ भने यसमा कसको दोष छ ? हाम्रो नै त दोष हो । जगत्मा जे जति रोग छन् ती सब मानिसहरूका भूलका नै फल हुन् । यदि भूलहरूलाई सुधा¥यौंसुधार्यौ भने हामी धेरै जसो रोग हटाउन सक्छौं । यसैले महात्माहरू के भन्दछन् भने तिम्रो भाग्यको सुधार तिम्रै हातमा छ । तिमीले चाहेमा सब रोगादि दुःखहरूलाई हटाउन सक्छौं ।
 
'''नराम्रा विचारको दूरगामी प्रभाव'''
पङ्क्ति २१२:
हामी कुनै एक मार्गमा विचारहरूलाई स्थापित गरेर नियन्त्रित विचारहरूको आह्वान गर्दछौं । जब हामी प्रसन्नता, सुखदर्शितातिर विचार गर्दछौं तब दोस्राका उस्तै नै विचारहरूका लहरलाई आकर्षित गर्दछौं । थोरै नै कालमा हामीलाई चारैतिरबाट प्रसन्नताका विचार आउन लागेका देखा पर्दछन् । यस्तै नै यदि हामीले निराशाका विचारहरूलाई आफूमा रहन दियौं भने उस्तै विचार हाम्रो मनमा सबैतिर बाट आउने छन् किनभने क्रोध, ईष्र्या, द्वेषका विचार आफ्नै सदृश विचारहरूलाई आकर्षित गर्दछन् । जो बल्दो आगोमा इन्धन हाल्ने काम गर्दछन् ती नीच वृत्तिहरूका अग्निलाई प्रज्वलित गर्दछन् । प्रेमका विचारले अरूका प्रेमका विचारहरूलाई आकर्षित गरेर प्रेमलाई बढाउँछन् । केवल यसै प्रकार अरूका विचार हामीमाथि असर मात्र नपारी सूचना (suggestion) द्वारा पनि दोस्रोका विचार र भाव, इङ्गित, आकार, चेष्टा, मुख र शब्दहरूबाट जो भावनाको वृत्ति उत्पन्न हुन्छ उनैको सदृश कार्य गर्ने वृत्ति मनमा उत्पन्न गर्दछन् । यदि हामी उदासीन स्वभावका मानिसको संगत गछौं भने सूचना (suggestion) को नियमानुसार हामीलाई पनि उसका मानसिक दोषलाई ग्रहण गर्ने इच्छा हुनेछ जब हामी उसका गुण–दोषलाई विचार गरेर ग्रहण वा त्याग गर्नेछौं ।
यसै प्रकार हामी प्रसन्नतालाई पनि प्रसन्न चित्तले संगतिद्वारा धारण गर्न सक्छौं । यसैले हामी मानिसहरूका संगतले तिनबाट निक्लेको विचार धारालाई ग्रहण गछौं, उसैका चाल, रहन–सहन स्वभावका अनुभवहरूलाई ग्रहण गछौं । तर जो सूचना (suggestion) का नियमहरूमाथि प्रभुत्व राख्न र तत्व र क्रियाहरूलाई जान्नेछ त्यो निषेधात्मक संकेतद्वारा तिनका प्रभावहरूबाट बच्न सक्छ । जस्तो–फलानो विचार गइहालोस वा भस्म होओस् भने अवश्य दूर हुनेछ । अनेक मानिस परस्परका गुण–दोषहरूलाई उच्च र नीच स्वभावहरूलाई संगतबाट ग्रहण गर्दछन् । कसैको संगतबाट मन विकल हुन जान्छ किनभने उसका मनमा अश्रद्धा, अविश्वास, शङ्का आदि भरिएको हुन्छ भने कसैको शरीरबाट स्वास्थ्यको ओजस् निस्कन्छ, जसबाट शारीरिक स्वास्थ्य बढ्दछ । यदि सदुगुण प्राप्त गर्नुछ भने मनलाई शिक्षा दिएर आफ्नो वशीभूत गर र अरूका विचारहरूको प्रभावलाई सूचनाद्वारा ग्रहण वा त्याग गर ।
जब मन कुनै उद्देश्यमा लागिरहन्छ तब उसको सर्वशक्ति त्यस उद्देश्यको प्राप्तितिर लागिरहन्छ त्यसबेला मन हजारौं रीतिबाट त्यस मानसिक भावनालाई वस्तुरूपमा प्राप्त गर्ने भावना गर्ने गर्दछ । मानसिक कार्यको अधिकांश भाग गुप्त मनमा रहन्छ । यसैले जुन कार्य पूर्तिको इच्छा छ त्यस कार्य वा वस्तुलाई सदैव आफूकहाँ नै भइरहेको कल्पना मनमा धारण गर्नु पर्दछ ।
एउटा विद्वानको भनाइ छ जो आफ्नो बाहुबलबाट कुनै कार्यलाइृ सम्पादन गर्नका लागि पूर्ण विश्वासले प्रवृत्त हुन्छ त्यसले अवश्य त्यस कार्यलाई सम्पादन गरिहाल्छ किनभने पूर्ण विश्वास गर्नु कार्य–सिद्धि गर्नु समान नै हो ।
अर्का विद्वानको भनाइ छ– प्रबल कामना असम्भवलाई पनि सम्भव गरी छोड्छ । उत्साह तथा हौसला यस कुराको भविष्यवाणी हो कि त्यो मानिस कहाँसम्म कार्य गर्न सक्छ । यसैले हे सज्जनहरू हो । वीरता र धैर्यले सबै कार्य सिद्ध हुन सक्छन् । त्यसैले पुरुषार्थ ग¥यो भने शीघ्र सफलता हुनेछ । गरेर हेर ।
'''विचार शक्ति'''
पहिले के कुरा जान्नुपर्दछ भने विचारहरूमा कति शक्ति छ । भयका विचारहरूले एकै रातमा रौं सेता हुन जान्छन् । कुनै अपराधीलाई प्राणदण्ड दिइएको थियो । ऊसँग डाक्टरले भन्यो हामी यो परीक्षा गर्न चाहन्छौं– मानिसको शरीरबाट कति रगत निक्ले पछि पनि त्यो जीवित रहन सक्छ । त्यसपछि उसको आँखामा पट्टी बाँधेर अँध्यारो कोठामा उसमाथि प्रयोग गरियो । यद्यपि उसको शरीरबाट थोरैनै रगत निकालिएको थियो तर डाक्टरले उसलाई यस्तो प्रतीत गरायो शरीरबाट धेरै रगत निस्किसक्यो र यसै भयको कारणले बिहानी हुँदा नहुँदै त्यो मरिहाल्यो । यो दृष्टान्तबाट विचारहरूको शक्ति समझमा आउन सक्छ ।
विचार शक्तिको परीक्षा गर्नका लागि एउटा डाक्टरले एक यन्त्र तयार गरेको छ– एउटा काँचको पात्रमा सियो सदृश एउटा मसिनो तार लगाइएको छ । मनलाई एकाग्र गरेर केही बेरसम्म विचार शक्तिको प्रभाव त्यसमाथि पर्नाले सियो हल्लिन थाल्छ । यदि इच्छा–शक्ति निर्बल छ भने त्यसमा केही पनि हलचल हुँदैन । विचार शक्तिको गति बिजुलीभन्दा पनि तीव्र छ । पृथ्वीको एक कुनाबाट दोस्रो कुनासम्म एक सेकेण्डको सोह्रौ भागमा १२,००० माइलसम्म विचार जान सक्छ ।
विचार शक्ति अपूर्व छ । विचारहरू आत्मशक्तिले ओत–प्रोत छन् । तिम्रो मनमा आउने प्रत्येक विचारमा बिजुलीको समान प्रचण्ड शक्ति विद्यमान छ । तिमी चाहे जस्तै भयङ्कर स्थितिमा भए तापनि आफ्नो जीवनलाई अधिकाधिक उन्नत गर्ने प्रयत्न गर ।
तिम्रा ध्यानमा आउने सर्वोत्तम मनोभावलाई आफ्नो मनमा धारण गर । केवल दृढ विचार–शक्तिको प्रभावबाट नै आफूमा अद्भुत परिवर्तन गर्न सक्ने छौ ।
जब तिम्रो भोजनको समय हुन्छ र तिमीलाई भोक लागेको छैन भने के भावना गर भने सारा दिन उपवास गरेको हुनाले आफूलाई बडो जोडसँग भोक लागेको छ । यसको यथार्थ कल्पना गर्नाले तिमीलाई जोडको भोक लाग्ला । भोजन गर्ने बेला के भावना राख भने तिमी अति स्वादिष्ट भोजना गरिरहेछौ । यस भावनाले यसै बेला पाचन क्रियामा जुन रसहरूको आवश्यकता छ ती द्रवीभूत भएर भोजनलाई शीघ्र पचाइदिने छन् ।
कल्पना गर तिमीमा अपूर्व मेघा–शक्ति र स्मरण–शक्ति छ । धारणा शक्तिद्वारा तिमी स्मृति–मेधावान् अवश्य बन्न जानेछौ र धेरै बुद्धिमान र तेजस्वी पनि बन्न सक्ने छौ । अनुभव गरेर हेर । विचार–शक्तिबाट नै हामी खस्छौ र उठछौ, उभिन्छौ र हिडदछौ । विचारको तीव्र शक्तिले नै सब कार्य हुन्छन् । जो आफ्ना विचारहरूमाथि अनिधार जमाउँछ, त्यो आफ्नो मनोवेगमाथि पनि शासन गर्न सक्छ । त्यो हर्ष, प्रेम र शक्तिले भरिएका तन्तु–जान बुनिरहन्छ । जो आफ्नो उच्च लक्ष्यलाई अखण्ड सत्य–ज्योतिमा परिवर्तित गरिदिन्छ त्यो आफ्ना विचारहरूको अनुभवले बृद्धलाई युवा र रोगीलाई निरोगी बनाउन सक्छ । मानिस जस्तो विचार आफ्नो मनमा गर्दछ उस्तै नै त्यसको फल हुन्छ । यदि ती विचार यथार्थ छन् भने सब जीव–कोश ९ऋभििक० उस्तै नै कार्य गर्न लागिहाल्छन् ।
“म सबथोक गर्नसक्छु”–यो विश्वास सदा राख्नाले सब जीव–कोश ९ऋभििक० तिमीलाई उस्तै नै बनाइदिनेछन् तर यदि तिमीलाई आफ्नो योग्यतामा सन्देह हुन्छ अब तिम्रो बृद्धावस्था आइपुग्यो । अतः अब तिमी निर्बल हुन जानेछौ भने यस्तो विचारहरूलाई धेरै दिनसम्म गर्दै रहनाले वृद्धावस्था र निर्बलता अवश्य आइहाल्नेछ । प्रायः नाटकहरूमा देखिएको छ स्त्री–भेषधारी, संगीत–प्रिय नट धेरैसमयसम्म युवा बनिरहन्छन् र उस्तै नै हाउभाउ गरी आचरण गर्दछन् । मनका जति अप्रिय अवस्थाहरू छन् ती सक बृद्धावस्था उत्पन्न गर्ने र शक्तिलाई नष्ट गर्नेवाला हुन् । यसैले अप्रिय अवस्थालाई कहिल्यै आफ्नो मनमा उत्पन्न हुन दिनु हुँदैन । हामी प्रत्येक मानिसलाई देखेर उसको विचारलाई जान्न सक्छौं । उदास या प्रसन्नचित्त मुख देख्नाले नै यो कुरा थाहा हुन्छ । यसैले हामी सदैव जसरी अरूको विचारहरूलाई बुझ्दछौं उसरी नै आफ्नो विचारलाई पनि बुझ्ने नै उद्योग गर्नुपर्दछ । यदि हाम्रो मनमा भय, चिन्ता लागिरहन्छ भने हामी अवश्य नै खस्तै जानेछौं । हाम्रो जीवन तुच्छ र तुच्छतर बन्दै जानेछ । यस्तो दशामा ती विचाहरूलाई बदलिदिनु पर्दछ । जुन विचारहरूद्वारा हाम्रो जीवन सुख शान्तिले उन्नतिको मार्गमा प्रवृत्त हुन्छ उनै विचारहरूलाई मनमा ल्याउनु पर्दछ ।
विचार वास्तवमा शक्तिमान र प्रभावशाली हुन्छन् । हाम्रो प्रत्येक विचारमा राम्रो वा नराम्रो प्रभाव हुन्छ । यदि हामी कसैलाई घृणा गछौं भने हामी आफ्नो शरीरबाट एक प्रकारको विष निकाल्दछा । जो हाम्रो चारैतिर फैलिन्छ तथा समीपवर्ती प्राणीहरूलाई हानि पु¥याउँछ । यस्तै नै जब हामी कसैसँग प्रेम गर्दछौं भने ऊ प्रति सहायता र कृपाको विचार पठाउँछौ, यसले उसको चारैतिर फैलेर उसलाई सहायता र शान्तिछ प्रदान गर्दछन् ।
शक्ति त्यसलाई भन्दछन् जो अरूलाई गति प्रदान गरोस् । अरूलाई चलाउने विचार–शक्ति हो । यसैले सारा संसारलाई चलाइरहेछ । यस्ता विचार जहाँबाट उत्पन्न हुन्छन् त्यो मन हो र जुन यन्त्रद्वारा मनबाट विचार निकालिन्छ त्यो मस्तिष्क हो । विचारहरूलार्य कोही देख्न सक्दैन, न कसैले आजसम्म देखेको छ तर विचारको अद्भुत शक्तिलाई सबैले स्वीकार गरेका छन् । विचारले नै रचना गर्दछन्, भेद गर्दछन्, बनाउँछन् र नाश पनि गर्दछन् ।
'''मन–शक्तिको चमत्कार'''
अमेरिका र इङ्गलैण्डका विद्वान् डाक्टर के सिद्ध गर्दैछन् भने मन–शक्ति अर्थात् विचार शक्ति औषधीको अपेक्षा अधिक बलवान् छ । जुन रोगहरूमा ठूला–ठूला डाक्टर, वैद्य, हकिम घुँडा टेकिदिन्छन् तिनमा मन–शक्तिले आफ्नो चमत्कारिक प्रभाव देखाउँछ र रोगीलाई बलपूर्वक मृत्यु–मुखबाट छुटाएर अचम्ममा पारिदिन्छ । ठूला—ठूला रोगहरूलाई पनि मनले शीघ्र राम्रो गरिदिन्छ । यसैकारण मनसँग भन हाम्रो यो रोग शीघ्र हटोस् । यदि विश्वासपूर्वक भन्यौ भने रोग अवश्य दूर हुन जानेछ । यसको प्रभाव अवश्य पर्दछ तर सुस्त पर्दछ । अतः ढिला भो भनेर निराश हुनुहुँदैन नित्य उठ्दा बस्ता, सुत्दा—जाग्दा रोग हटोस् भन्ने भावना गर यो भावना वा इच्छाले नै रोगहरूलाई हटाइदिनेछ । योग—चिकित्सामा लेखेको छ कि शीर यन्त्र हो यसलाई जस्तो बनाउन चाहान्छौ त्यो उस्तै नै बन्न जानेछ ।
विचारहरूमा रचना गर्ने शक्ति छ । यसैले मानिसका जस्ता विचार हुन्छन् उस्तै नै उसको उन्नति या अनति हुन्छ । जुन विद्यार्थीको मन सदा उत्साहपूर्ण हुन्छ तथा जसको मनमा सदा ठूलो हुने लालसा रहन्छ र जो लेखक, ठूलो बक्ता वा ठूलो अधिकारी हुन चाहन्छ तथा जसको मन सदा ठूलो वस्तुहरूको रचना गर्ने गर्दछ त्यो वास्तवमा ठूलो नै हुन्छ ।
'''मनलाई दास बनाऊ, मालिक होइन'''
अध्यात्म–शास्त्रको अटल नियम छ कि यदि एउटै प्रकारको विचार धेरै कालसम्म बुद्धिमा रह्यो भने त्यस मानिसको बुद्धि त्यसैको अनुरूप हुन जानेछ । त्यो उस्तै नै कार्य गर्नलाग्नेछ । मानिसका राम्रा, नराम्रा कार्य यसै प्रकारका हुन्छन् । संयोगबश कुनै नराम्रो विचार कसैको मनमा आउन जान्छ तब त्यसमाथि एकाग्रतापूर्वक मनन गर्नाले अन्जानमा नै त्यस विचारका साथ उसको संगत हुन जान्छ र उसको बुद्धि उस्तै नै हुन जान्छ र विवश भएर ऊ त्यस विचार अधीन हुन पुगी खराब कर्म गर्दछ । तर यसै तत्वलाई जानेर यदि मानिस राम्रा विचारहरूको उपयोग गर्छ भने जीवन जस्तो चाह्यो उस्तो बनाउन सक्छ । मानिस स्थूल सृष्टिमा परतन्त्र भए पनि आन्तरिक–सृष्टिमा पूर्ण स्वतन्त्र छ । त्यो चाहे जस्तो विचार गर्नका लागि स्वतन्त्र छ । मन हाम्रो दास हो, यसैले उसले हाम्रै अधीनमा चल्नु पर्दछ । यदि त्यो हाम्रा वशमा छैन भने त्यसलाई वशमा ल्याउनु पर्दछ । त्यसको उपाय के हो भने प्रथमतः मनको स्वभाव कस्तो छ र ऊ कस्तो काम गर्दछ, यो विचार गर्नु पर्दछ । मनलाई जस्तो कुरा सिकाइन्छ, उस्तै नै ऊ सिक्छ । छिटो होस् या ढिलो होस्, सिक्छ अवश्य । यसमा किञ्चित मात्र पनि सन्देह छैन, एक पटक अभ्यासमा लगाएपछि उसले जस्तो सिकेको छ उस्तै नै गर्दछ । उसलाई बश गर्न शुरू शुरूमा सफलता हुँदैन भने पनि निराश हुनु हुँदैन । कालान्तरमा अभ्यासको दृढताले ऊ तिम्रो भनाइ अनुसार काम गर्नलाग्नेछ । जस्तो विचार तिमी गर्न चाहान्छौ, मन उस्तै नै विचार गर्न लाग्ने छ तर नराम्रा विचारहरूबाट मनलाई हटाउनु छ भने नराम्रा विचारहरूका साथ मनको संगत हुन दिनु हुँदैन । नराम्रा भावहरूलाई कुनै पनि रूपमा मनमा आउन नदेऊ । कुनै अशुभ विचार आउँछ भने तत्काल कुनै राम्रो विचारतिर वा आत्मसंयमतिर वा कुनै आत्म–संयमी महात्मातिर अथवा आत्म चिन्तनमा मनलाई लगाउनु पर्दछ । यस रीतिले नराम्रा विचारलाई रोक्न सकिन्छ । यस्तै सब असद् विचार दूर गर्न सकिन्छ र तिनलाई शुद्ध र प्रभावशाली बनाउन सकिन्छ । यस रीतिलाई बुझेर काममा लगायो भने त्यो मानिस क्रम–क्रमले उच्च आदर्शका अनुसार उन्नति गर्नसक्दछ ।
यस कार्यको सिद्धिका निम्ति दुई कुरामा बिशेष ध्यान राख्नु पर्दछ । एउटा हो आदर्शमाथि ध्यान र दोस्रो आदर्शको विरुद्ध काम नगर्नु । क्षण भंगूर सुखहरूमाथि दृष्टि दिएर आफ्नो आदर्शको विरुद्ध कहिल्यै चल्नु हुँदैन । भनेको पनि छ ः– “हठ न छुटे, छुटे बरू देहा” (हठ न छुटोस्, छुटोस् बरू देह) यसले प्रारम्भिक कार्यबाट निराश हुनु हुँदैन ।् स्वभावलाई बदल्नु सहज कुरो होइन, जो शीघ्र नै बदलियोस् । यसमा समयको आवश्यकता छ । जसै जसै अभ्यास बढ्दै जानेछ, उसै उसै शक्ति पनि बढ्दै जानेछ । अभ्यासबाट के हुन सक्दैन ? कठिनभन्दा कठिन कार्य पनि लगातार दृढ अभ्यासले अवश्य सिद्ध हुन जान्छ । यसमा कत्ति पनि सन्देह छैन ।
विचारहरूमा शक्ति एकाग्रताले उत्पन्न हुन्छ । प्रत्येक मनुष्यको आसपास आकाशमा राम्रा नराम्रा विचार घुमिफिरी रहन्छन् । जसको मन अशिक्षित छ, ती नराम्रा विचारहरूलाई आफूतिर खिच्दछन् जसको परिणाम भय, शोक, चिन्ता, उद्वेग आदि हुन्छन् । वास्तवमा मनलाई स्वतन्त्र छोडिदिनाले मनुष्यको जति अनिष्ट हुन्छ उति अरू कुनै कारणबाट हुँदैन ।
== शीर्षक अक्षर ==