विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१०:
'''विचारको पारस्परिक सम्बन्ध'''
जस्ता हाम्रा विचार हुन्छन् उस्तै नै अरूका विचार हामी आफूतिर खिच्न सक्छौं र दुवै एक समान विचारका हुन जान्छौं र हामीमा परस्पर प्रेम हुन जान्छ किनभने समान धर्म भएकाहरूमा नै परस्पर एकता हुन्छ ।
हामी कुनै एक मार्गमा विचारहरूलाई स्थापित गरेर नियन्त्रित विचारहरूको आह्वान गर्दछौं । जब हामी प्रसन्नता, सुखदर्शितातिर विचार गर्दछौं तब दोस्राका उस्तै नै विचारहरूका लहरलाई आकर्षित गर्दछौं । थोरै नै कालमा हामीलाई चारैतिरबाट प्रसन्नताका विचार आउन लागेका देखा पर्दछन् । यस्तै नै यदि हामीले निराशाका विचारहरूलाई आफूमा रहन दियौं भने उस्तै विचार हाम्रो मनमा सबैतिर बाट आउने छन् किनभने क्रोध, ईष्र्या, द्वेषका विचार आफ्नै सदृश विचारहरूलाई आकर्षित गर्दछन् । जो बल्दो आगोमा इन्धन हाल्ने काम गर्दछन् ती नीच वृत्तिहरूका अग्निलाई प्रज्वलित गर्दछन् । प्रेमका विचारले अरूका प्रेमका विचारहरूलाई आकर्षित गरेर प्रेमलाई बढाउँछन् । केवल यसै प्रकार अरूका विचार हामीमाथि असर मात्र नपारी सूचना ९क्गननभकतष्यल०(suggestion) द्वारा पनि दोस्रोका विचार र भाव, इङ्गित, आकार, चेष्टा, मुख र शब्दहरूबाट जो भावनाको वृत्ति उत्पन्न हुन्छ उनैको सदृश कार्य गर्ने वृत्ति मनमा उत्पन्न गर्दछन् । यदि हामी उदासीन स्वभावका मानिसको संगत गछौं भने सूचना ९क्गननभकतष्यल०(suggestion) को नियमानुसार हामीलाई पनि उसका मानसिक दोषलाई ग्रहण गर्ने इच्छा हुनेछ जब हामी उसका गुण–दोषलाई विचार गरेर ग्रहण वा त्याग गर्नेछौं ।
यसै प्रकार हामी प्रसन्नतालाई पनि प्रसन्न चित्तले संगतिद्वारा धारण गर्न सक्छौं । यसैले हामी मानिसहरूका संगतले तिनबाट निक्लेको विचार धारालाई ग्रहण गछौं, उसैका चाल, रहन–सहन स्वभावका अनुभवहरूलाई ग्रहण गछौं । तर जो सूचना ९क्गननभकतष्यल०(suggestion) का नियमहरूमाथि प्रभुत्व राख्न र तत्व र क्रियाहरूलाई जान्नेछ त्यो निषेधात्मक संकेतद्वारा तिनका प्रभावहरूबाट बच्न सक्छ । जस्तो–फलानो विचार गइहालोस वा भस्म होओस् भने अवश्य दूर हुनेछ । अनेक मानिस परस्परका गुण–दोषहरूलाई उच्च र नीच स्वभावहरूलाई संगतबाट ग्रहण गर्दछन् । कसैको संगतबाट मन विकल हुन जान्छ किनभने उसका मनमा अश्रद्धा, अविश्वास, शङ्का आदि भरिएको हुन्छ भने कसैको शरीरबाट स्वास्थ्यको ओजस् निस्कन्छ, जसबाट शारीरिक स्वास्थ्य बढ्दछ । यदि सदुगुण प्राप्त गर्नुछ भने मनलाई शिक्षा दिएर आफ्नो वशीभूत गर र अरूका विचारहरूको प्रभावलाई सूचनाद्वारा ग्रहण वा त्याग गर ।