विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०७:
यदि तिमी राम्रा विचार गर्छौ भने संसारमा सबैतिरबाट राम्रा विचार तिमीकहाँ आफ से आफ आउन थाल्ने छन् । यसैले सर्वप्रथम आफ्नो मनमाथि अधिकार जमाऊ । तब तिमी जस्तो बन्न चाहन्छौ उस्तै बन्ने छौ । आफ्नो मनलाई वशमा नगरी पूर्ण शक्ति र स्थिर शान्ति प्राप्त गर्ने दोस्रो उपायै छैन ।
राम्रा विचार सूक्ष्म परमाणुले बनेको कारणमाथि रहन्छन् । यसैले तिनलाई खिच्नमा विशेष परिश्रम पर्दछ र नराम्रा विचार जडतायुक्त हुन्छन् यसैले तल रहन्छन् र सहजैमा भेटिन्छन् । विचारहरूका रूप र आकार पनि हुन्छन् । आकार वान् तथा रूपवान् वस्तु चाहे जति सूक्ष्म होस् त्यसमा केही वजनवाला वस्तु तल रहन्छ र आरोग्यवद्र्धक शुद्ध वायु माथि आकाशमा रहन्छ । अनुभवीहरू के भन्दछन् भने जसरी राम्रो निर्मल जल समुद्रको माथि रहन्छ र खराब जल तल फेदमा रहन्छ उसरी नै उत्तम विचार सूक्ष्म हुनाको कारण माथि रहन्छन् र नीच विचार हीन हुनाको कारण तल रहन्छन् । यसैले जो नराम्रा विचार गर्दछन् उनलाई नराम्रा विचारहरूबाट तत्काल सहायता मिल्दछ किनभने नराम्रा विचार जड्तायुक्त हुने र तल अथवा हाम्रा आसपासमा रहने हुनाले बिना परिश्रम र नबोलाएर नै पनि आफ से आफ दौडी आउँछन् । यस प्रकार जति नराम्रा विचार हामी गर्दर्छौ उत्ति नै अधिक हाम्रो हानि हुनेछ । यसैले सदा के लक्ष्य राख्नु पर्दछ भने एउटा पनि नराम्रो विचार मनमा उत्पन्न हुन नपाओस् । आकाशतत्वमा छरिएका अरूका राम्रा नराम्रा विचार आफूतिर खिच्ने रीति यो हो कि यदि हामी राम्रो विचार गर्छौ भने राम्रा विचार मनमा आउनेछन् र नराम्रा विचार ग¥र्यौ भने नराम्रा विचार शीघ्रतासाथ हामी कहाँ आउनेछन् । यसैले सदा राम्रो विचार गर्नु पर्दछ । प्रकृतिको नियम के छ भने सूक्ष्म वस्तु सूक्ष्मतिर खिचिन्छ र जड वस्तु जडतिर । पवित्रतिर पवित्र, पापीतिर पापी खिचिन्¥र्यौ भने नराम्रा विचार शीघ्रतासाथ हामी कहाँ आउनेछन् । यसैले सदा राम्रो विचार गर्नु पर्दछ । प्रकृतिको नियम के छ भने सूक्ष्म वस्तु सूक्ष्मतिर खिचिन्छ र जड वस्तु जडतिर । पवित्रतिर पवित्र, पापीतिर पापी खिचिन्छ । यदि उच्च श्रेणीका सूक्ष्म विचारहरूलाई आफूतिर खिच्नु छ भने आफ्नो मनलाई सर्वप्रथम सूक्ष्म बनाउनु पर्दछ किनभने जब मन सूक्ष्म प्रभाव ग्रहण गर्न योग्य हुन्छ तब मात्र सूक्ष्म बनाउनु पर्दछ किनभने जब मन सूक्ष्म प्रभाव ग्रहण गर्न योग्य हुन्छ तब मात्र सूक्ष्म विचारहरूलाई पक्रन सक्छ । जस्तो बेतारको तार पठाउने कल एउटा स्थानमा छ र दोस्रो स्थानमा उस्तै नै दोस्रो कल राखेको छ भने त्यो एउटाले दोस्राको प्रभाव सहजैमा ग्रहण गर्न सक्दछ र यदि एकातिरको कल बिग्रेको छ भने दोस्रो ठाउँबाट आएको सन्देश लिन सक्दैन । यसै प्रकार आकाश–तत्वमा गुप्त रूपले असख्य राम्राा विचार भरिएका छन् । उसको कल त सफा नै छ तर हाम्रो मनरूपी कल उस्तो सफा हुँदैन, यसैले माथिको कलबाट आएको सन्देश–रूपी तार भित्र लिन सक्दैन, यसैले माथिको कलबाट आएको सन्देश–रूपी तार भित्र लिन सक्दैनौं । अतः मनरूपी कललाई हामीले सर्वप्रथम सफा गर्नु पर्दछ । यसका लागि हामीहरूको सात्विक आहार र पवित्रता तथा शुद्ध–आचरण, सत्यता र सत्यभाषणादिको अभ्यास हुनु पर्दछ ।
 
'''विचारको पारस्परिक सम्बन्ध'''
जस्ता हाम्रा विचार हुन्छन् उस्तै नै अरूका विचार हामी आफूतिर खिच्न सक्छौं र दुवै एक समान विचारका हुन जान्छौं र हामीमा परस्पर प्रेम हुन जान्छ किनभने समान धर्म भएकाहरूमा नै परस्पर एकता हुन्छ ।
हामी कुनै एक मार्गमा विचारहरूलाई स्थापित गरेर नियन्त्रित विचारहरूको आह्वान गर्दछौं । जब हामी प्रसन्नता, सुखदर्शितातिर विचार गर्दछौं तब दोस्राका उस्तै नै विचारहरूका लहरलाई आकर्षित गर्दछौं । थोरै नै कालमा हामीलाई चारैतिरबाट प्रसन्नताका विचार आउन लागेका देखा पर्दछन् । यस्तै नै यदि हामीले निराशाका विचारहरूलाई आफूमा रहन दियौं भने उस्तै विचार हाम्रो मनमा सबैतिर बाट आउने छन् किनभने क्रोध, ईष्र्या, द्वेषका विचार आफ्नै सदृश विचारहरूलाई आकर्षित गर्दछन् । जो बल्दो आगोमा इन्धन हाल्ने काम गर्दछन् ती नीच वृत्तिहरूका अग्निलाई प्रज्वलित गर्दछन् । प्रेमका विचारले अरूका प्रेमका विचारहरूलाई आकर्षित गरेर प्रेमलाई बढाउँछन् । केवल यसै प्रकार अरूका विचार हामीमाथि असर मात्र नपारी सूचना ९क्गननभकतष्यल० द्वारा पनि दोस्रोका विचार र भाव, इङ्गित, आकार, चेष्टा, मुख र शब्दहरूबाट जो भावनाको वृत्ति उत्पन्न हुन्छ उनैको सदृश कार्य गर्ने वृत्ति मनमा उत्पन्न गर्दछन् । यदि हामी उदासीन स्वभावका मानिसको संगत गछौं भने सूचना ९क्गननभकतष्यल० को नियमानुसार हामीलाई पनि उसका मानसिक दोषलाई ग्रहण गर्ने इच्छा हुनेछ जब हामी उसका गुण–दोषलाई विचार गरेर ग्रहण वा त्याग गर्नेछौं ।
यसै प्रकार हामी प्रसन्नतालाई पनि प्रसन्न चित्तले संगतिद्वारा धारण गर्न सक्छौं । यसैले हामी मानिसहरूका संगतले तिनबाट निक्लेको विचार धारालाई ग्रहण गछौं, उसैका चाल, रहन–सहन स्वभावका अनुभवहरूलाई ग्रहण गछौं । तर जो सूचना ९क्गननभकतष्यल० का नियमहरूमाथि प्रभुत्व राख्न र तत्व र क्रियाहरूलाई जान्नेछ त्यो निषेधात्मक संकेतद्वारा तिनका प्रभावहरूबाट बच्न सक्छ । जस्तो–फलानो विचार गइहालोस वा भस्म होओस् भने अवश्य दूर हुनेछ । अनेक मानिस परस्परका गुण–दोषहरूलाई उच्च र नीच स्वभावहरूलाई संगतबाट ग्रहण गर्दछन् । कसैको संगतबाट मन विकल हुन जान्छ किनभने उसका मनमा अश्रद्धा, अविश्वास, शङ्का आदि भरिएको हुन्छ भने कसैको शरीरबाट स्वास्थ्यको ओजस् निस्कन्छ, जसबाट शारीरिक स्वास्थ्य बढ्दछ । यदि सदुगुण प्राप्त गर्नुछ भने मनलाई शिक्षा दिएर आफ्नो वशीभूत गर र अरूका विचारहरूको प्रभावलाई सूचनाद्वारा ग्रहण वा त्याग गर ।