सजिलो कोमलगीता/प्रकाशकीय: संशोधनहरू बीचको भिन्नता

===प्रकाशकीय=== को साथमा पृष्ठ शृजना भयो

पङ्क्ति १:
===प्रकाशकीय===

हाम्रो पूर्वीय सनातन धर्म–ग्रन्थहरूमध्ये श्रीमद्भगवद्गीता एक अत्यन्त तेजस्वी निर्मल हीरा हो । यो उपनिषद्, दर्शन र अध्यात्मको त्रिवेणी हो । गीताले एकातिर ब्रह्माण्डको पूर्ण ज्ञान प्रदान गरेको छ

भने अर्कातिरआत्म विद्याको गूढ़ तथा पवित्रतम रहस्यलाई संक्षिप्तरूपमा स्पष्ट पारेको छ र सोही रहस्यद्वारा मानव मात्रलाई आध्यात्मिक पूर्णावस्थातिर जाने मार्ग प्रशस्त गरेको छ । त्यति मात्र

होइन भक्ति र ज्ञानलाई शास्त्रोक्त व्यवहारका साथ संंयोग गराउने र सोही संयोगद्वारा यस संसारका दुःखी मनुष्यलाई शांन्ति दिएर निष्काम कर्म गर्न सिकाउने एक मात्र अत्युŒाम ग्रन्थ पनि

भगवद्गीता नै हो । संसारका कुनै साहित्यमा पनि यस किसिमको बालबोध–ग्रन्थ प्राप्य छैन । केवल काव्यका दृष्टिबाट यसको अध्ययन गरेका खण्डमा पनि यो ग्रन्थ उत्तम काव्यमा गनिन्छ, किनभने

यसमा आत्मज्ञान–सम्बन्धी अनेक गूढ सिद्धान्त प्रतिपादित छन् र यी सिद्धान्त बालक तथा वृद्ध दुवैका निमित्त अति उपयोगी, पठनीय र मननीय मानिन्छन् । यो ग्रन्थ सनातन एवं शाश्वत वैदिक

धर्मको सार हुनुका साथै साक्षात् भगवान् कृष्णका श्रीमुखबाट निस्किएको ज्ञानमा मुछिएको भक्तिरसामृत हो, त्यसैले यस कामधेनु–ग्रन्थका योग्यताको समग्र वर्णन गर्नु सूर्यलाई हत्केलाले छेल्नु बराबर हो

। यस ग्रन्थमा परमात्मासम्म पुग्ने आन्तरिक मार्गमा यात्रा गर्न इच्छुक सबै किसिमका वर्ग, जाति, लिङ्ग एवं सम्प्रदायमा आबद्ध साधकहरूलाई एउटै सोझो सरल मार्ग देखाइएको छ । यसलाई विश्वका

सबै प्रकारका हिन्दूवैदिक सम्प्रदायका अनुयायीहरू र शुद्धसनातन धर्मावलम्बीहरूले लगभग पाँच हजार वर्षदेखि अखण्डरूपमा सर्वोपरि प्रामाणिक गुरु–ग्रन्थ मान्दै आएका छन् । यसबाट गीताको गरिमा

र महत्ता, उपादेयता एवंप्रभाव के कति रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ ।