"सजिलो कोमलगीता/भूमिका" को बिचमा भिन्नता

===यो पनि यज्ञ हो===

गीता उपनिषद्को सार सर्वस्व हो । कुनै श्लोक त उपनिषद्का मन्त्र नै उद्धरण गरे सरह छन् । गीताले अद्वैत वेदान्तलाई प्रतिपादन गरेर अद्वैतात्मज्ञान दिलाएको छ अर्जुनलाई । अद्वैतामृतवर्षिणी

शब्द आएको छ गीताको महात्म्यमा ।गीता योगशास्त्र त हो नै प्रत्येक अध्यायमा योगशास्त्रे भनिएको हुनाले योग (जीवात्मा र परमात्माको मिलन) नै गीताको प्रतिपाद्य विषय हो । यो धर्मशास्त्र

पनि हो । धर्मबाट च्युत हुन लागेका अर्जुनलाई स्व–धर्माचरण गर्न प्रेरणा दिने र धर्ममा प्रवृत्त गराएरै छोड्ने भएकाले यो सैद्धान्तिक मात्र नभएर व्यावहारिक धर्मशास्त्र पनि हो । यो कर्मशास्त्र र

कर्तव्यशास्त्र पनि भयो । जन्मदेखि मृत्युसम्म अनि परलोकसम्मका प्रसङ्ग आएकाले यो जीवन बाच्ने कला सिकाउने, चारित्रिक उच्चतामा पु¥याउने, आफ्नो नैतिक मूल्य र मान्यतामा मर्यादित

रूपमा स्थापित गराएर एउटा आदर्श जीवन बाच्न सिकाउने भएकाले यो त कल्पवृक्ष हो, मनचिन्ते झोली हो, कामधेनु हो । जे चितायो त्यही पाइन्छ गीतामा ।

आध्यात्मिक जगत्का प्रायः सबै जसो विद्वान्, तार्किक, चिन्तक, दार्शनिकहरूले गीताको चिन्तन, अनुशीलन, अनुसन्धान गरेर, वाणीले बोलेर, प्रवचन गरेर, कलमले लेखेर आ–आफ्नो धारणा,

दृष्टिकोण, मान्यता, सिद्धान्त, दर्शन, विश्वास, श्रद्धा आदिलाई अभिव्यक्त गरेका छन् । हाम्रा पूर्वाचार्यहरूमध्ये सबभन्दा प्रामाणिक हुन् आद्य जगद्गुरु भाष्यकार भगवद्पाद श्रीशङ्कराचार्य । उहाँको

गीता भाष्यलाई परवर्ती विद्वान्हरूले प्रामाणिक आधार मानेका छन् ।

हाम्रो राष्ट्रभाषा नेपालीमा आजसम्म झन्डै शताधिक अनुवाद र व्यख्या, विवरण, टीका आदि प्रकाशित भइसकेका छन् – आकार–प्रकारमा साना ठूला गरेर । भगवान् श्रीकृष्णले ७०० श्लोकमा सम्पूर्ण

शास्त्रको सार–संग्रह उद्घाटन गर्नुभएको गीता सातलाखभन्दा पनि बढी श्लोकले व्याख्या गरिसकेका होलान् । अभैm गीताको अनन्त अनुवाद, अनन्त व्याख्या, अनन्त टीका, अनन्त भाष्य गर्न

सकिन्छ ।

५११

edits

"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/16515" बाट अनुप्रेषित