सप्तमोध्यायः: संशोधनहरू बीचको भिन्नता

Content deleted Content added
===ज्ञानविज्ञानयोग=== <br> श्रीभगवानुवाच <br> मय्यासक्... को साथमा पृष्ठ शृजना भयो
(कुनै भिन्नता छैन)

०८:२४, १३ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

ज्ञानविज्ञानयोग


श्रीभगवानुवाच
मय्यासक्तमनाः पार्थ योगं युञ्जन्मदाश्रयः ।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु (१)
श्रीभगवान्ले भने
मेरै आश्रयमा योग गरी मैमा दिई मन,
बिना संशय सम्पूर्ण मलाई जान्न लौ सुन ।

ज्ञानं तेऽहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः ।
यज्ज्ञात्वा नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते (२)
विज्ञानसँगको ज्ञान बताउँछु समग्र नै,
यो जानेर यहाँ फेरि जान्न बाँकी रहन्न क्यै ।

मनुष्याणां सहस्रेषु कश्चिद्यतति सिद्धये ।
यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्वतः (३)
हजारौं नरमा कोही सिद्धिको यत्न गर्दछ,
कसैले तिनमध्येमा मेरो तत्त्वार्थ जान्दछ ।

भूमिरापोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिरष्टधा (४)
भू, पानी, वायु, आकाश, अग्नि, बुद्धि तथा मन,
अहङ्कार गरी आठ मेरा प्रकृति छन् सुन ।

अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् (५)
अपरा जड हुन् आठ, अर्की चेतन हुन् परा,
विश्व-धारण गर्दैछिन् परा प्रकृतिले सदा ।

एतद्योनीनि भूतानि सर्वाणीत्युपधारय ।
अहं कृत्स्नस्य जगत: प्रभव: प्रलयस्तथा ।।६।।
दुई प्रकृतिद्वारा नै हुन्छ उत्पन्न लोकको
म नैं हुँ विश्वको सृष्टि-कर्ता, स्थिति र नाशको ।
दुई प्रकृति = परा र अपरा ।

मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय ।
मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव (७)
कुनै अर्को मबाहेक छैन कारण अर्जुन !
धागामा मणिझैं विश्व उनिएको ममा सब ।

रसोऽहमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोः ।
प्रणवः सर्ववेदेषु शब्दः खे पौरुषं नृषु (८)
पानीमा रस अौ सूर्य-चन्द्रमा म प्रकाश हुँ,
वेदमा ओम् ‘ख’मा शब्द, मान्छेमा पुरुषत्व हुँ ।
ख = आकाश ।

पुण्यो गन्धः पृथिव्यां च तेजश्चास्मि विभावसौ ।
जीवनं सर्वभूतेषु तपश्चास्मि तपस्विषु (९)
पवित्र गन्ध पृथ्वीमा र आगामा म तेज हुँ,
आयु हुँ सब प्राणीमा, तपस्या यतिमा म हुँ ।
यति = तपस्वी ।

बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम् ।
बुद्धिर्बुद्धिमतामस्मि तेजस्तेजस्विनामहम् (१०)
बुझ प्राणी सबैको म, पार्थ ! शाश्वत बीज हुँ,
बुद्धिमान् व्यक्तिको बुद्धि, तेजस्वीको म तेज हुँ ।
शाश्वत = सनातन ।

बलं बलवतां चाहं कामरागविवर्जितम् ।
धर्माविरुद्धो भूतेषु कामोऽस्मि भरतर्षभ (११)
म हुँ आसक्तिले हीन बलिया त्यक्तिको बल,
धर्मसम्मत प्राणीको कामना हुँ धनन्जय !

ये चैव सात्त्विका भावा राजसास्तामसाश्चये ।
मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि (१२)
रज, सत्त्व, तमो भाव मेरै उपज हुन् सब,
तिनीहरू ममा छैनन्, तिनमा पनि छैन म ।

त्रिभिर्गुणमयैर्भावैरेभिः सर्वमिदं जगत् ।
मोहितं नाभिजानाति मामेभ्यः परमव्ययम् (१३)
यिनै त्रि-गुणको भावद्वारा विश्व छ मोहित,
अविनाशी, गुणातीत हुँ म, चिन्दैन मानिस ।

दैवी ह्येषा गुणमयी मम माया दुरत्यया ।
मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते (१४)
यो दैवी गुणकी माया मेरी सारै छ दुस्तर,
मलाई जसले भज्छ माया-सागर तर्दछ ।

न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः ।
माययापहृतज्ञाना आसुरं भावमाश्रिताः (१५)
आसुरी भावका, मूढ, ज्ञान-हीन, नराधम,
नीच, दूषितले मेरो गर्दैनन् नाम कीर्तन ।