षष्ठोध्यायः: संशोधनहरू बीचको भिन्नता

Content deleted Content added
===आत्मसंयमयोगः=== <br> श्रीभगवानुवाच । <br> अनाश्रितः क... को साथमा पृष्ठ शृजना भयो
(कुनै भिन्नता छैन)

०७:००, १३ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

आत्मसंयमयोगः


श्रीभगवानुवाच ।
अनाश्रितः कर्मफलं कार्यं कर्म करोति यः ।
स संन्यासी च योगी च न निरग्निर्न चाक्रियः (१)
भगवान्ले भने
हुन्छ योगी र सन्यासी निष्काम कर्म गर्छ जो,
हाेम कर्मादि त्याग्दैमा सन्यासी, मुनि हुन्न त्यो ।

यं संन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसंन्यस्तसङ्कल्पो योगी भवति कश्चन (२)
भन्छन् संन्यासलाई नै योग, यो बुझ अर्जुन,
अभिलाषा नत्यागेमा योगी हुन्न कुनै जन ।

आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारूढस्य तस्यैव शमः कारणमुच्यते (३)
योग प्रारम्भका लागि कर्म हो मुख्य कारण,
योगीका लागि सङ्कल्प-त्याग हो श्रेष्ठ कारण ।

यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
सर्वसङ्कल्पसंन्यासी योगारूढस्तदोच्यते (४)
विषयेन्द्रियको भोग, र कर्म फलमा कुनै
हुन्न आसक्त जो, सोही योगमा स्थित बन्छ है ।

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः (५)
आफ्नो उद्धार आफैंले गर, रोक अधोगति,
आफू नै हाे स्वयं आफ्नाे बन्धु-शत्रु दुवै थरी ।

बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् (६)
आफु नै बन्धु हो आफ्नो आफैंले नैं जित्यो भने,
आफुले नजिते आफैं आफ्नो शत्रुसरी हुने ।

जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः (७)
जाडो-गर्मी, चिसो–तातो, अपमान र मानमा
सम-शान्त रही आत्मा जित्ने पुग्दछ धाममा ।

ज्ञानविज्ञानतृप्तात्मा कूटस्थो विजितेन्द्रियः ।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चनः (८)
ज्ञानादिले तृप्त आत्मा, निर्विकार, जितेन्द्रिय,
योगीका लागि एकै हो माटो, सुन, शिला सब ।

सुहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते (९)
हितैषी, मित्र, मध्यस्थ तथा शत्रु र बान्धव,
धर्मी, पापी एक देख्ने बुद्धि अति विशिष्ट छ ।

योगी युञ्जीत सततमात्मानं रहसि स्थितः ।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः (१०)
जोहो र आस गर्दैन मन-इन्द्रिय जित्दछ,
एकान्त स्थानमा बस्छ भने आनन्द पाउँछ ।