थाइ विमान र बैङ्कक उडान: संशोधनहरू बीचको भिन्नता

wikification
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १:
२०६३ आषाढ १८ गते प्रातः ५.१५ बजेको बसको टिकट अघिल्लै दिन काटिसकेको थियो । टिकट हातमा परेपछि मेरा मनमस्तिष्कमा अनेक किसिमका तरङ्गहरू उर्लिन थालिसकेका थिए । १७ गतेको रात म ओछ्यानमा पल्टिएँ मात्र, तर निद्रा पटक्कै परेन । सुरुङ्गा खोलानजिकै (मेरो घरको पूर्वपट्टि) ठूलो आवाजमा चट्याङ्चट्याङ्ग पर्यो । त्यसको केहीबेरपछिदेखि घनघोर वर्षा हुन थाल्यो । कहिल्यै घर नछाडेको हुनाले मेरा मनमा, मेरा आँखामा त्यस्तै मुसलधारे वर्षा हुँदैछ भन्ने अनुभव गरें मैले ।
 
 
मलाई अमेरिका उडाउन साथमा कान्छी छोरी पुष्पा पनि सोही बसमा काठमाडौं जाँदै थिइन् । मन अत्यन्त असन्तुलित थियो । असन्तुलित मानसिकता बोकेरै भए पनि आषाढ १५ गते गणेशको विवाह सम्पन्न गर्न सफल भएको थिएँ ।
 
१८ गते बिहान ३ बजेदेखि नै घरमा चहलपहल बढेको थियो । तीन वर्षकी नातिनी अजिता पनि तीनै बजे उठेकी थिइन् । वास्तवमा ससाना शिशुहरूमा ईश्वरीय अंश विद्यमान हुन्छ भन्ने कुरा म आफैंले पनि अनुभव गरें । घरको रानो घर छाडेर हिंड्दैछ; यो कुरा अजिताका ब्रह्मले पनि थाहा पाएछ । मैले रुग्ण मनस्थितिमा लुगा लगाएँ । पुत्रबधू राधाले नास्ता ल्याएर मेरा अगाडि राखिदिइन् । बिछोडको पीडा खप्नुपर्छ भन्ने डरले मेरो बुभुक्षा भित्रबाट निस्किएर अघिनै कतै गइसकेको थियो तापनि जबर्जस्ती अलिकति नास्ता मुखमा लाएँ । त्यसैबेला अत्यन्त निन्याउरो अनुहारमा अजिताले भनिन् – ‘बुबा तपाईं काहाँकहाँ जान लाग्नु भा’कोभाको?’
अजिताको शिशुप्रश्न सुनेर म अवाक् भएँ । भक्कानु फुटेर आयो । नास्ता मुखबाट छिरेन । के गर्ने र कसो गर्नेको द्वन्द्वमा फसें म । घरबाट बाटाबटा लागिहाल्नुकोलागि हाल्नुको विकल्प थिएन मेरा लागि । अद्र्धाङ्गिनीअर्धाङ्गिनी धर्मातिर दृष्टि दिएँ । उनी रोइरहेकी थिइन् । पुत्रबधू राधाले डाँकै छोडिन् । नवदुलही दीपाको मुखाकृति पनि शोकमग्न थियो । नानू (अजिता) लाई एकपटक चुम्बन गरेर यताउति दृष्टि नदिई म घरबाट निस्किएँ । घरबाट निस्किंदै गर्दा मेरा अश्रुपूर्ण नयनले अनुभव गरे– घर रुँदै थियो, आँगन रुँदै थियो; नरिवलको बोट रुँदै थियो; गाईवस्तु रुँदै थिए । मैले मबाहेक अरु कसैलाई देखिन । मसँगै हिंडेकी पुष्पालाई र अगाडि नै भारीतारी बसमा चढाउन हिंडेका पुत्रद्वय तीर्थ र गणेशलाई पनि मैले देखिन । बस कतिबेर पर्खनु प¥योपर्यो, कसरी चढियो, अहँ केही थाहा भएन । एकैचोटि दमकमा गाडी रोकिंदा मात्र थाहा भयो म गाडीमा रहेछु, पुष्पा मेरै छेउमा बसेकी रहिछन् ।
 
भाग्यवस घरबाट हिँडेकै दिन बेलुका हामी काठमाडौं शान्तिनगर पुग्यौं । त्यहाँ लीला भाइको डेरा छ । उनी सानीमाका छोरा हुन् । सानीमा पनि त्यसबेला त्यहीं औषधि गर्दै हुनुहुन्थ्यो । उहाँको स्वस्थता मेरालागि प्रशन्नताको विषय बन्यो । सानीमासँग भेटहुँदा मैले २८ वर्षअघि परमसत्यमापरम सत्यमा लीन भइसक्नुभएकी मेरी आमा सम्झिएँ र आन्तरिक श्रद्धाञ्जलि अर्पण गरें ।
 
हवाइ टिकटको कारणबाट आषाढ १८ देखि ऐजन ३१ सम्म (१४ दिन) लीला भाइसँगै बस्यौं हामी । काठमाडौं जस्तो ठाउँमा डेरा लिएर बस्नु सारै कठिन छ, तर अनुजबधू गीताको बोली, व्यवहार, शिष्टाचार मेरा लागि अविस्मरणीय छ । म उनको हार्दिक प्रशंसा गर्छु । छोरी आयुषीको बालसुलभ क्रियाकलापले नानूको मायालाई ऋणात्मक बनाउन प्रसस्त सहयोग गरेको थियो ।
पङ्क्ति १३:
छोरी कृष्णाको प्रसव समय जुलाई १७, २००६ तोकिएको थियो, त्यसैले जुलाई १६ मै भर्जिनिया पुग्ने योजना बनाएर हवाइ टिकट लिएको थिएँ मैले । तर ऐजन ११ कै दिन नाति जन्मिएछ, ज्वाइँको फोनबाट अवगत गरें मैले । छोरीको प्रसव साधारण, असाधारण कस्तो रूपमा हुन्छ भन्ने कुराबाट म सर्वथा मुक्त भइसकेको थिएँ तापनि प्रसव हुनुअघि नै छोरीलाई भेट्ने धोको भने पूरा गर्न पाइएन ।
 
आषाढ ३१ गते बिहान १० बजे हामी त्रिभुवन विमानस्थल तर्पmतर्फ लाग्यौं । काठमाडौं बैङ्ककको उडान समय दिउँसो १ बजेको थियो । अन्तर्राष्ट्रिय उडान भएकाले दुई घण्टाअघि नै विमानस्थल पुगिसक्नु पर्ने बाध्यताले हामी अलिक चाँडै प्रस्थान गर्यौं । ट्याक्सीमा सानीमा, लीला, गीता, पुष्पा, आयुषी र म समेत ६ जना थियौं । सात जना नआँट्ने हुनाले गणेश आचार्य (तीर्थका साला) हामीसँग जान सक्नुभएन । उहाँ मलाई बिदा गरेर शान्तिनगरबाटै फर्किनु भयो । ट्याक्सीले हामी ६ जनालाई अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिरसम्म पुर्यायो ।
 
सबै ओर्लियौं । आँसुका घुड्का भित्रभित्रै निल्दै मालसामान कार्ट (ठेला) मा हालेर म लाममा उभिएँ । आफ्नो पालो आएपछि भित्र पसें । सामान एक्सरे मसिनमा स्क्यान गराएँ । पुनः पूर्ववत् कार्टमा हालेर ठेल्दै नबिल बैंकको काउन्टर अगाडि पुगें । यात्रु सेवाशुल्क ११३०।– लाग्दोरहेछ, बुझाएँ । यस किसिमको शुल्क लिनेमा नेपाल पहिलो र अन्तिम राष्ट्र रहेछ, यो कुरा पछि फर्किदा थाहा पाएँ मैले । जे होस् आवतजावत एकलाख चौध हजारमा अरु थपिएर एकलाख पन्ध्र हजार एकसय तीस भयो, राम्रै भयो । अँ नबिल बैंकबाट कार्ट ठेल्दै थाई काउन्टर नजिक ल्याएँ, लाइनमा उभिएँ अनि पालो आएपछि जोखाएँ । हवाइ कर्मचारीले अमेरिकाको डेलस विमानस्थलमा पुगेर आफ्ना दुई पोका सामान बुझ्ने दुईवटा रसिद र एउटा थाई बोर्डिङ् पास दियो । यति भएपछि मेरो प्रारम्भिक काम सकियो । तर बाहिर गएर सबैसँग बिदा मागेर आउने काम बाँकी नै भएकाले एक जना पुलिसलाई ‘एकछिन बाहिर जान पाऊँ न’ भनी बिन्ती गरें । बिन्तीले खुसी भएछ ऊ । ढाप मार्दै ‘जानुहोस्, जानुहोस्’ भन्यो । बाहिर आएँ । ‘अब म जाँदैछु’ भन्न सकिन । मन भरी मात्र भएन, छताछुल्ल भएर पोखियो पनि । म निथ्रुक्क भएँ । सानीमाले अश्रुपूर्णनयन र प्रकम्पित स्वरबाट आशीर्वाद दिनुभयो । मैले उहाँको आशीर्वाद शिरोपर गरें । त्यसबेला मलाई मेरी परमधामबासी माताले भनेको संझना भयो । म अलेली थाहा पाउँछु, उहाँ भन्नुहुन्थ्यो, ‘चहके बराल जोतिसिले भनेको हाम्रो ठूलेका गरदसा (ग्रह दशा) निकै राम्रा छन् अरे, ठूलो मान्छे हुने र ठूला देशाँ जाने ।’ मैले मनमनै भने “हो आमा, तपाईंले सुन्न र देख्न नपाए पनि तपाईंको इच्छा पूर्ण भयो । म हाई स्कूलको ‘हेड्मास्टर’ भएँ र त्यसैबाट निवृत्त भएँ । मेरो औकात अनुसार ठूलो मान्छे हुनु भनेको ‘हेड्मास्टर’ हुनु नै हो । आमा ! ठूलो देशमा पुग्ने कुरामा त मैले आफ्नो औकातको ३६० डिग्री पार गरेको छु । आशीर्वाद पाऊँ माते !”