"श्रीमद्भगवद्गीता एकादश अध्याय" को बिचमा भिन्नता

==श्रीभगवान् उवाच==
मया प्रसन्नेन तवार्जुनेदं, रुपं परं दर्शितमात्मयोगात् ।

तेजोमयं विश्वमनन्तमाद्यं,यन्मे त्वदन्येन न दृष्टपूर्वं ।।४७।।

श्रीभगवानले भन्नु भयो– हे अर्जुन, मैले प्रसन्न भएर आफ्ना अफ्नो योग शक्तिद्वारा तेजोमय, अनन्त, आद्य, विश्वरुप तिमीलाई देखाएं, यसलाई तिमी बाहेक अरु कसैलाई पनि देखाएको थिइन ।
ईश्वर दर्शन मानवीय साधनाको अन्तिम लक्ष्य होइन । यो केवल एक मार्ग हो, जसमा अगाडि बढ्ने काम बांकी रहन्छ । प्रत्यक्ष ज्ञानलाई पूर्णता दिन पनि बांकी रहन्छ । खाना देखिपछि चख्ने काम बांकी रहन्छ ।

न वेदयज्ञाध्ययनैर्न दानैर्न च क्रियाभिर्न तपोभिरुग्रै ः ।

एवं रुपः शक्य अहं नृलोके, द्रष्टुं त्वदन्येन कुरुप्रवीर ।।४८।।

हे कुरुवंशका श्रेष्ठ वीर, वेद, यज्ञ, अध्ययन, दान, क्रिया, वा उग्र तपस्या कुनैले पनि मनुष्यलोकमा तिमी बाहेक अरुले मेरो यो रुप देख्न पाएको छैन ।

मा ते व्यथा मा च विमूढ भावा, दृष्ट्वा रुपं घोरमीदृङ्ममेदम् ।

व्यपेतभीः प्रीतमनाः पुनस्त्वं, तदेव मे रुपमिदं प्रपश्य ।।४९।।

मेरो यो डरलाग्दो रुप देखेर तिमी व्यथित नहोउ, विमूढ पनि नबन, निडर र प्रीतमना भइ मेरो त्यही रुप हेर ।

==सञ्जय उवाच==
इत्यर्जुनं वासुदेवास्तथोक्त्वा, स्वकं रुपं दर्शयामास भूयः ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikibooks.org/wiki/विशेष:MobileDiff/16298" बाट अनुप्रेषित