महाभारत खण्ड ९: संशोधनहरू बीचको भिन्नता
Content deleted Content added
पङ्क्ति ५८:
पाण्डवहरु आगोमा जलेर भष्म भैसक्यो भन्ने ठानेर धृतराष्ट्र र उनका छोराहरुले शौच बार्ने काम गरे । राजकिय पोशाक फुकालेर शोक संतप्त परिबारले झैँ एक सरो पोशाक लगाएर गंगाजीमा गै विधिवत शौचको कार्य गरे । दिलै देखि शौच गरे जस्तो देखाउन कुनै पनि बाहिरिया बिधि छुटाएनन् । कुनै कुनैको बिचार भयो कि बिदुर अरुहरु जस्तो शोकमा परेका थिएनन् र आफ्नै दार्शनिक बिचारमा दुबेका छन् ।
पाण्डवहरु सकुशल बचेका थिए भन्ने बास्तविक कुरा उनलाई थाहा थियो । उनलाई दु:ख लागेको बेला उनको भित्री मनको नजरले पाण्डवहरुको दु:खमय यात्रा हेरि रहेका हुन्थे । भीष्म शोकमा दुबेको देखेर कसैले थाहा नहुने गरी बिदुरले उनलाई पाण्डवहरु सकुशल बचेर निस्कन सफल भएको कुरा बताएर ऊनलाई धैर्य गराए ।
==पाण्डवहरुको दु:खमय यात्रा== आमा र दाज्यूभाइहरु रात भरिको जागाराम, चिन्ता र डरले शिथिल भएको भीमले देखे । त्यसकारण उनले आमालाई काँधमा, नकुल र सहदेबलाई पिठ्युँमा बोके अनि युधिष्ठिर र अर्जुनलाई हातले सहारा दिएर हिँडे । तिनीहरु गंगाजी पुगेको बेला उनिहरुको गोप्यता थाहा पाएका एकजना माझीको संरक्षणमा एउटा डुंगा तयार भएको पाए । तिनीहरुले अंधकार मै नदी पार गरे । भयंकर जंगलमा पालले ढाके जस्तै अन्धकारले ढाकेर जंगली जनावरको डरलाग्दो आवाज सुनेर तर्सि तर्सि रातभरी हिँडेका थिए । हिँडदा हिँड्दै हैरान भए । थकाइ र निद्राले सतायो । प्यासको सताइ सहन नसकेर तिनीहरु थचक्क बसे । कुन्ती देबीले भनिन् – “धृतराष्ट्रका छोराहरुले मलाई समात्ने भए पनि परबाह छैन, म खुट्टाहरु टनकाउने छु” । उनी तुरुन्तै सुतेर मस्त निदाइन । भीम त्यस घना जंगलमा पानी खोज्दै हिँडे । एउटा तलाउ भेटाए । माथिको लुगा भिजाए । कमलको पातको कचौरा बनाएर पानीले भरे । आफ्ना आमा र दाज्यु भाइहरुलाई पानी ल्याई दिए । अरुहरु दु:खलाई बिर्सेर चुप चाप सुते ।
भीम चाहिँ एक्लै जागा भएर गहिरिएर मनमनै बिचार गरे –“जंगलका बिरुवा-लहराहरु एक अर्कोलाई मिलेर सहायता गरेर बसेका छैनन् र ? यो दुष्ट धृतराष्ट्र र दुर्योधनले हामीलाई किन यसरी दु:ख दिनु परेको ? आफु निष्पाप भएका भीमले अरुहरुमा भएको पापको तरंगलाई बुझ्न सकेन अनि दु:खमा परे । पाण्डवहरु कयौँ दु:खहरु सहेर, कयौँ बिपदहरु टारेर हिँड्दै गरे । कहिँ कहिँ आमालाई बोकेर छिटो छिटो हिँड्थे । काहिले काँहिँ असह्य भए पछि आराम गर्दथे ।
===ब्यास सितको भेट===
कहिले काँहि जवानिको बल निकाली, फूर्ति बढाइ आफु आफूमा मिली दौडने पनि गर्दथे । बाटोमा भगवान ब्यास सित तिनीहरुको भेट भयो । तिनीहरुले ढोग गरे । उनीबाट साहस र ज्ञानको कुरा पाए । कुन्तीले आफुहरुमा पर्न आएकोदु:खहरु उनलाई सुनाए । उनलाई धैर्य गरी ब्यासले भने –“कुनै पनि धर्मात्मा मानिस सँधै धर्मात्मा रहन सक्तैन । फेरि सबै पापीहरु सधैँ पापमा लोटपोट भएर बस्दैन । जीवन भनेको अल्झाउने माकुराको जालो हो । सत् असत् कार्य नगरेका यस लोकमा कोहि छैन । प्रत्यक जो सुकैले पनि आफ्नो कर्मको फल भोग्नु पर्छ । दु:ख नमनाउ” । त्यस पछि ब्यासले भने जस्तै तिनीहरुले ब्राह्मणको जस्तो लुगा लगाए । एकाचक्र देशको एउटा ब्राह्मणको घरमा डेरा गरी बसे । कुशल दिनलाई पर्खेर बसे ।
==स्रोत==
|