महाभारत खण्ड ९: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ५६:
बारणावतका जनताले हस्तिनापुरमा खबर पठाए । “पाण्डवहरु बसेका दरबार सबै बलेर खरानि भयो । त्यस्मा बसेकाहरु कोही पनि बचेर उमकेन” । धृतराष्ट्रको त्यति बेलाको मनको भावनालाई ब्यासले राम्ररी ब्याख्या गरेको छ । “गहिरो तलाउको पानी पीँढमा चीसो र माथि सतहमा तातो हुन्छ भने जस्तै धृतराष्ट्रको मन एकै चोटी तातो र चिसो दुबै भएको थियो । हर्षले न्यानो र दु:खले ठण्डा भएको थियो ।
 
पाण्डवहरु आगोमा जलेर भष्म भै सक्योभैसक्यो भन्ने ठानेर धृतराष्ट्र र उनका छोराहरुले शौच बार्ने काम गरे । राजकिय पोशाक फुकालेर शोक संतप्त परिबारले झैँ एक सरो पोशाक लगाएर गंगाजीमा गै विधिवत शौचको कार्य गरे । दिलै देखि शौच गरे जस्तो देखाउन कुनै पनि बाहिरिया बिधि छुटाएनन् । कुनै कुनैको बिचार भयो कि बिदुर अरुहरु जस्तो शोकमा परेका थिएनन् र आफ्नै दार्शनिक बिचारमा दुबेका छन् ।
 
पाण्डवहरु सकुशल बचेका थिए भन्ने बास्तविक कुरा उनलाई थाहा थियो । उनलाई दु:ख लागेको बेला उनको भित्री मनको नजरले पाण्डवहरुको दु:खमय यात्रा हेरि रहेका हुन्थे । भीष्म शोकमा दुबेको देखेर कसैले थाहा नहुने गरी बिदुरले उनलाई पाण्डवहरु सकुशल बचेर निस्कन सफल भएको कुरा बताएर ऊनलाई धैर्य गराए । आमा र दाज्यूभाइहरु रात भरिको जागाराम, चिन्ता र डरले शिथिल भएको भीमले देखे । त्यसकारण उनले आमालाई काँधमा, नकुल र सहदेबलाई पिठ्युँमा बोके अनि युधिष्ठिर र अर्जुनलाई हातले सहारा दिएर हिँडे ।