महाभारत खण्ड ९: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४:
[[चित्र:Barnava_(1).JPG |thumb|right|300px|वार्णावत (वर्तमान [[बरनावा]]) स्थित लाक्षागृह को सुरक्षित अवशेष]]
==लाक्षाको दरबार==
भीमको शारीरिक बल र अर्जुनको दक्षता देखेर दुर्योधनको इर्ष्या बढदै गयो । धुर्त कुटनिति गर्ने योजनामा दुर्योधनको दुष्ट सल्लाहाकारसल्लाहकार मामा शकुनि थिए । धृतराष्ट्र बुद्धीमान बुद्धिमान थिए र भाइका छोराहरुलाई माया पनि गर्दथे । तर उनको मन दरो थिएन । कमजोर भएको कारणले पक्षपाति भएर आफ्ना छोराहरु तिर लागेका थिए । छोराहरुको लागि ठूला ठूला दुष्कर्महरु गरी जाना जानि कुमार्गमा हिँडने गर्दथे । पाण्डवहरुलाई मार्ने अनेक किसिमका उपायहरु खोज्न तिर दुर्योधन लागे । आफ्नो परिवारलाई महान पापबाट बचाउन खोज्ने बिदुरको गोप्य सहायताले पाणडवहरुले ज्यान बचाउन सकेका थिए ।
 
दुर्योधनको नजरमा पाण्डवहरु उपरको रिस यो थियो कि देशका जनताहरुले उनिहरुको प्रशंसा गर्ने र बेला कुबेला जहिले पनि युधिष्ठिरलाई नै राजा हुन योग्य भन्दथे, सो कुरा खुलम खल्ला प्रचार गर्दथे । जनताहरु जम्मा भएर बहस गर्ने गर्दथे । “धृतराष्ट्र जन्म अन्धो भएकोले कदापि राजा हुन सक्दैन, उनले राज्य हात पार्नु उचित छैन । भीष्मको राजा नहुने प्रण र सत्यबादी भएकाले राजा हुने छैन । त्यसकारण युधिष्ठिरलाई नै राजाको अभिषेक दिनु पर्छ । उनले मात्र न्याय पु-याइ कुरु बंशको राज्य चलाउन सक्छ । जनताहरुले जता ततै यस्ता कुरा गर्दथे ।”