महाभारत खण्ड ९: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
[[चित्र:Barnava_(1).JPG |thumb|right|300px|वार्णावत (वर्तमान [[बरनावा]]) स्थित लाक्षागृह को सुरक्षित अवशेष]]
==लाक्षाको दरबार==
भीमको शारीरिक बल र अर्जुनको दक्षता देखेर दुर्योधनको इर्ष्या बढदै गयो । धुर्त कुटनिति गर्ने योजनामा दुर्योधनको दुष्ट सल्लाहाकार शकुनि थिए । धृतराष्ट्र बुद्धीमान थिए र भाईकाभाइका छोराहरुलाई माया पनि गर्दथे । तर उनको मन दरो थिएन । कमजोर भएको कारणले पक्षपाति भएर आफ्ना छोराहरु तिर लागेका थिए । छोराहरुको लागि ठूला ठूला दुष्कर्महरु गरी जाना जानि कुमार्गमा हिँडने गर्दथे । पाण्डवहरुलाई मार्ने अनेक किसिमका उपायहरु खोज्न तिर दुर्योधन लागे । आफ्नो परिवारलाई महान पापबाट बचाउन खोज्ने बिदुरको गोप्य सहायताले पाणडवहरुले ज्यान बचाउन सकेका थिए ।
 
दुर्योधनको नजरमा पाण्डवहरु उपरको रिस यो थियो कि देशका जनताहरुले उनिहरुको प्रशंसा गर्ने र बेला कुबेला जहिले पनि युधिष्ठिरलाई नै राजा हुन योग्य भन्दथे, सो कुरा खुलम खल्ला प्रचार गर्दथे । जनताहरु जम्मा भएर बहस गर्ने गर्दथे । “धृतराष्ट्र जन्म अन्धो भएकोले कदापि राजा हुन सक्दैन, उनले राज्य हात पार्नु उचित छैन । भीष्मको राजा नहुने प्रण र सत्यबादी भएकाले राजा हुने छैन । त्यसकारण युधिष्ठिरलाई नै राजाको अभिषेक दिनु पर्छ । उनले मात्र न्याय पु-याइ कुरु बंशको राज्य चलाउन सक्छ । जनताहरुले जता ततै यस्ता कुरा गर्दथे ।”
पङ्क्ति २८:
भीष्म र अरु ठूलाबडाहरुसंग बिदावारी भै पाण्डवहरु वारणवत गए । दुर्योधनको हर्षको सिमाना रहेन । वारणावतमा कुन्ती र पाण्डवहरुलाई मार्ने योजना शकुनिसंग मिलेर बनाए । यसमा कर्णको सहमति थिएन ।
 
तिनिहरुले मंत्रि पुरोचनलाई बोलाउन पठाए । इमान्दारीका साथ कार्यान्वयन गर्न उनलाई बाध्य गराएर गोप्य रुपमा गर्नु पर्ने कामहरु बताए । पाण्डवहरु पुग्नु अगावै वारणावत पुगेर उनिहरुको स्वागतको लागि पुरोचनले एउटा सुन्दर दरबार बनाउन लगायो । भवन तयार गर्न जुट्, लाहा, घ्यू, तेल र बोसो जस्ता सजिलै सित सल्कने बस्तुहरुको प्रयोग गरेका थिए । गारोहरुमा लेपिएका बस्तुहरुमा पनि त्यस्तै बस्तुहरुको प्रयोग गरिएको थियो । उनले भवनको ठाउँ ठाउँमा आगोले सजिलै संग टिप्ने खालका बस्तुहरु राख्न लगाएका थिए । सब भन्दा सजिलै सित आगो सल्कने ठाउँमा निमन्त्रितहरु बस्ने र सुत्ने सामानहरु राखिएका थिए । शहरमा निडरका साथ बस्नको लागि आवश्यक प्रत्यक्ष सुबिधाहरुको राम्रो प्रबन्ध मिलाइएको थियो । पाण्डवहरु लाक्षा गृहमा बसे पछि मस्त निदाएको बेला आगो लगाई दिने योजना थियो ।
 
==पाण्डवहरु बारणावत प्रस्थान==