महाभारत खण्ड १९: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २१:
 
पहिलो दिनको मध्यान्ह कालमा पाण्डवसेनाहरु नराम्रो सित शिथिल बएका थिए । भीष्मको रथ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै बञो ।
===अभिमन्यु र पितामहबिचको युद्ध===
अभिमन्युले सो सहन सकेन र उनले पितामहलाई आक्रमण गरे । सबभन्दा जेठा र सबै भन्दा कान्छाको बिचकान्छापितामहबिच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देवताहरु पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरु मध्य एउटा बाणले दुरमुखको सारथीलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देबताहरुले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य बीरहरुले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनन्जयको सुयोग्य पुत्र भएको रहेछ" ।
 
 
तद अन्तर कौरब सेनाहरुले त्यस वीर नवयुबक माथि संयुक्त आक्रमण गरे, तर उनिहरु सबैको अगाडि उनी अडिक भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरुलाई अभिमन्युले काटेका थिए । उनले ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमले अति हर्ष गरेर वीर भतिजालाई आर्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।<br>
 
वीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालक माथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव युबक वीर अभिमन्युलाई भरोसा दिन बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा दृष्टद्युम्न र भीम आए । सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए ।
===उत्तरको बीरगति===
बिराटको छोरा उत्तरले हाथीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे । शल्यका रथका घोडाहरु मरे । त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे । गदा उत्तरको छातिमा नै लाग्यो । उत्तरको गदा हातबाट खस्यो र उनि लडेर म-यो । तर हाथी हटेर गएन । त्यस्ले हमला गर्दै रह्यो । तर शल्यले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरुमा बाणहरुले प्रहार गरे । अनी त्यो हाथी ठूलो स्वरले करायो र म-यो । शल्यले कृतबर्माको रथ चढेका थिए ।<br>
===श्वेतको बीरगति===
 
बिराटको जेठो छोरा श्वेतले आफ्नो भाइ उत्तर मरेको देखे । घ्यु होमेको आगो जस्तै उनको क्रोध उठ्यो । उनले शल्य तिर रथ बढायो । तुरुन्तै शल्यको सहायता गर्न रथ चढी सात जना बीरहरु आइपुगे । चारै तिर बाट उनिहरुले शैल्यको रक्षा गरेका थिए । श्वेत उपर उनिहरुले बाणहरु ओहि-याय । शस्त्रहरु बादलमा बिजुलि चम्के जस्तै चम्केका थिए । अपूर्ब सित श्वेतले आफ्नो रक्षा गरेका थिए । श्वेतले शत्रुका सबै बाणहरु बिचैमा रोकिदिएका थिए । उनि माथि प्रहार गरेका गदाहरु पनि सबै काटी दिएका थिए । श्वेतले देखाएको कार्य कुसलतामा दुबै पक्षका योद्धाहरु छक्क परेका थिए । सो बेला दुर्योधनले कुनै समय गुमाएन । शल्यलाई बचाउन फौजहरु पठाएदिए । त्यहाँ धुनधानको युद्ध भयो । हजारौँ सिपाहिहरुको नाश भयो । ध्वस्त भएका रथहरु र मरेका हाथी घोडाहरु अनगिन्ति थिए । दुर्योधनका मानिसहरुलाई भगाउन शवेत सफल भए । अघि बढेर भीष्मलाई आक्रमण गरे । श्वेतले भीष्मको झण्डा खसालिदिए । भीष्मले पनि श्वेतको घोडा र सारथिलाई मारिदिए । त्यस पछि तिनीहरुले परसपरमा गदा प्रहार गरी युद्ध गरे । श्वेतले गदा रिङ्ग्याएर भीष्म माथि प्रहार गरे । रथ चूर्ण भयो । तर पितामह गदा रथमा लाग्नु अगाडि नै त्यसो हुन्छ भनेर जानेर रथबाट हाम्फालेका थिए । जमिनबाटै धनुष कान सम्म खिचेर भीष्मले श्वेतलाई सांघातिक बाणले हमला गरे । श्वेतलाई सो बाणले लाग्यो र ढली म-यो । दुशासन सिँग फुकेर खुशि भै नाचे । त्यस पछि भीष्मले पाण्डव सेना माथि ठूलो आक्रमण गरे ।<br>