महाभारत खण्ड १९: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ३३:
 
==दोश्रो दिनको युद्ध ==
युद्धको पहिलो दिन पाण्डव सेनालाई नराम्रो भएकोले सेनामुख दृष्टद्युम्नले सो दोहरिन नदिन प्रकृयाहरुको तजबिज गरे । दोस्रो दिनमा धेरै राम्रो गरी सेनालाई युद्ध रचनामा मिलाए । आत्म बिश्वास पैदा गर्न सब थोक मिलाएको थियो ।
 
===दुर्योधनको सम्बोधन===
प्रथम दिनमा सफल भएकोबाट गर्ब गरेका दुर्योधन सेनाको माझमा बसेर आफ्ना सेनाहरुलाई सम्बोधन गरेर भने –"युद्धका बीरहरु ! हाम्रो विजय निश्चित भएको छ । युद्ध गर । ज्यानको परवाह नगर ।" <br>
 
 
दोस्रो दिन पनि भीष्मले हाँकेका कौरब सेनाले फेरि पाण्डव सेनालाई भयंकर आक्रमण गरी ठूलो क्षति पु-यायो र पाण्डवहरुको सेना रचना बिगारेका थिए । अर्जुनले सारथि कृष्णलाई हरेर भने –"यदि हामीहरु यसरि नै बस्यौँ भने पितामहले हाम्रो सम्पूर्ण सेनालाई नाश गर्ने छ । यदि हामीले भीष्मलाई मारेनौँ भने मलाई डर लागेको छ कि हामीले हाम्रो सेनालाई बचाउन सक्ने छैनौँ ।"
 
कृष्णले भन्यो –"धनन्जय, त्यसो भए तयार होउ । पितामहको रथ त्यहिँ छ ।"
===भीष्म र अर्जुनको भिडन्त===
कृष्णले रथ भीष्म भए तिर दौडाए । रथ छिटो छिटो बढाएर भीष्मको रथ भए तिर लगे । पितामहले चुनौतिलाई स्वागत गर्न बाणहरु छोडे । सतर्क भएर पितामहको रक्षा गर्न र कहिल्यै उनलाई बिपदमा पर्न नदिन दुर्योधनले आफ्ना मानिसहरुलाई आदेश दिए । त्यसै अनुरूप तुरुन्तै लडाकुहरु पितामहलाई सहयोग गर्न पुगे । सबै मिलेर अर्जुनलाई आक्रमण गरे । कुनै कुराको परवाह नगरि अर्जुनले सबैको सामना गरे । सबैलाई थाहा भएकै कुरा हो कि अर्जुन सित टक्कर लिएर भिड्न सक्नेहरु तीन जना भीष्म, द्रोण र कर्ण मात्र थिए।
 
भीष्मको सहायता गर्न आएका सबै लडहाकुहरुलाई बिचैमा रोकि दिए । यस बेला अर्जुनले आफ्नो धनुष यसरि धारण गरेका थिए कि त्यो देखेर सेनाका सबै सेनाध्यक्षहरुले प्रशंसा गरेका थिए । उनको रथ बिजुलि चम्के जस्तै चम्केर शत्रु पक्षका फौजहरुलाई छरपस्ट पारेर यताउता छिटो छिटो उफ्रेको जस्तो देखिएको थियो र सो देख्दा सबैको आँखा नै तिरमिराएको थियो ।
 
सो भिडन्त हेरी रहेका दुर्योधनको मुटुमा ढ्याङ्ग्रो बज्यो । भीष्म प्रति उनको बिश्वास डगमगायो । दुर्योधनले भन्यो – "हे गंगा पुत्र, तपाईँ र द्रोण जिवित भै लडिरहेको बेलामा पनि कृष्ण र अर्जुन मिलेर गरी रहेको यस भयंकर हमलाले हाम्रो सबै सेनालाई नाश गर्ने छ । मेरो सेवामा सबै भन्दा पक्का भएका मेरो मित्र कर्ण यस बेला तपाईँकै कारणले युद्धबाट अलग्ग भएर रहेको छ । तपाईले अर्जुनलाई नाश गर्ने कदम छिटै चाल्नु होला जस्तो मलाई लागेको छैन, मलाई शंका लागेको छ ।"
 
भीष्म र अर्जुनको भिडन्त हेर्न देवताहरु आए । विश्वका सबै भन्दा महान योद्धाहरु यिनै दुईजना थिए । दुबैको रथहरु सेता घोडाहरु द्वारा तानिएका थिए । दुबै पक्षबाट अनगिन्ति बाणहरु बर्षाएका थिए । आकाशमा बाणहरुसंग बाणहरु जोतिएका थिए । कुनै बेला पितामहका बाणहरुले अर्जुन र माधवको छातिमा लागेको थियो । राता राता पलासको फूलहरु भरिएको हरियो फलामको रूख जस्तै कृष्ण उभिएको बेला बगिरहेको रगतले पहिलेको भन्दा शोभा झन बढेको थियो । प्रिय सारथिलाई बाण लागेको देखे पछि अर्जुनको क्रोध झन् बढ्यो र भीष्मलाई खूब ताकेर अर्जुनले बाण हाने । दुबै लडाकुहरु बराबरीका थिए ।
 
युद्ध धेरै बेर सम्म चलि रह्यो ।
===द्रोण र दृष्टद्युम्नका बिच घमासान युद्ध===
एकातिर त्यो महान दृष्य थियो भने आर्कोतिर द्रोण र दृष्टद्युम्नका बिच घमासान युद्ध भइरहेको थियो ।
 
द्रोणको आक्रमण शक्तिशालि थियो । दृष्टद्युम्न नराम्रोसित घाइते भएको थियो । तर उनले त्यतिकै साहस गरी बदला लिए । दाह्रा किटेर दृष्टद्युम्नले द्रोणलाई बाणहरु हाने, गदाहरुले प्रहार गरे । द्रोणले पनि ठूलो दक्षताका साथ आत्म रक्षा गरेका थिए । बाणहरुले उनलाई प्रहार गरेका तीखा तीखा हतियारहरु र ओजनदार गदाहरुलाई उनले आकाशमा नै रोकेर तोडफोड गरी दिएका थिए । धेरै पटक दृष्टद्युम्नको धनुष द्रोणले बाणहरु द्वारा भँचि दिएका थिए । द्रोणको एउटा बाणले पञ्चाल राजकुमार दृष्टद्युम्नको सारथिलाई मारि दिए । त्यसो भए पछि दृष्टद्युम्न गदा लिएर रथबाट हाम्फालेर पैदलै अघि बढ्यो । द्रोणले बाण हानेर त्यस गदालाई फुटाई दियो । अनि दृष्टद्युम्न तरबार झिकेर हात्तीको सिकार गर्ने सिँह झैँ उफ्रेर अघि बढे । तर द्रोणले उनलाई सिथिल पारी उनलाई अघि बढन रोकि दियो । तर त्यहि नै बेला भिमले दृष्टद्युम्नको दुरदशा देखेर द्रोण माथि बाणहरु बर्षाए, दृष्टद्युम्नलाई बचाएर रथमा राखेर लगेका थिए ।
 
===भीमको पराक्रम===
दुर्योधनले सो देखेर भिमसेन सित भिडन कलिङ्गका फौजहरु पठाए । भीमले कलिङ्गका धेरै फौजहरुलाई मारि दिए । उनि काल जस्तै भएर शत्रु तिर गएर तिनीहरुलाई ढालि दिए । त्यो संहार यस्तो भयंकर थियो कि जम्मै फौज डरले काँपेका थिए । त्यो देखे पछि कलिङ्गहरुलाई बचाउन भीष्म आए । सत्यकि, अभिमन्यु र अरुहरु भीमको सहायता गर्न आइपुगे । सत्यकिको एउटा प्रहारले भीष्मको रथको सारथिलाई खसालि दियो, यस पश्चात भीष्मको रथका घोडाहरु यस्तो तर्से कि उनिहरुलाई नियन्त्रण गर्न असंभव भयो । उनका घोडाहरु बेतोडले दौडन थाले । भिष्मले थाम्न नसक्ने गरी रथलाई युद्ध स्थलबाट नदेखिने गरी दौडाएर लगे । भिष्मको रथ युद्ध स्थलबाट यसरी बपत्ता भएको देखेर पाण्डवहरु र अरुहरु जोशले उन्मत्त भए, दंग भए । यस अवसरको फायदा उठाएर पाण्डव पक्षकाहरुले कौरब सेना माथि भिषण आक्रमण गरे ।
 
===दोश्रो दिनको विश्लेषण===
बिशेष गरी अर्जुनको पराक्रमले गर्दा यस दिन कौरब सेनाको ठूलो क्षति भएको थियो । कौरब सेनाका सेनापतिहरु अति बिचलित भए । तिनीहरुको अघिल्लो दिनको जोशहरु सबै हराएको थियो । दोस्रो दिनको युद्ध कहिले अन्त हुने हो भनि तिनिहरुले कौटुहल पूर्बक कहिले अस्ताउने होला भनि सूर्य तिर हेर्न लागेका थिए । पश्चिम दिशातिर घाम अस्ताउन लागे पछि भीष्मले द्रोणलाई भने –"अहिले हामीले युद्ध बन्द गर्नु राम्रो हुने छ । हाम्रा फौजहरु हतोत्साह भएर थाकेका छन् ।" पाण्डवहरुको पक्षमा धनन्जय र अरुहरु बाजा बजाएर हर्ष गरी आफ्नो शिबिर तिर लागे । पहिलो दिनमा पाण्डवहरुको अवस्था भए जस्तै दोश्रो दिनको युद्धमा कौरबहरुको अवस्था भएको थियो ।
 
कौरव र पाण्डव-सेना को त्यो युद्ध, देवासुर-संग्राम को समान जान पर्थ्यो। आकाश मा खडे भएर देखने वाला [[देवता|देवता]] को त्यो युद्ध ठूलो आनन्ददायक प्रतीत हो रहयो थियो। भीष्म ले दस दिनहरु सम्म युद्ध गरेर पाण्डवों को अधिकांश सेना को आफ्नो बाणों देखि मार गिराया।