महाभारत खण्ड १९: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २२:
पहिलो दिनको मध्यान्ह कालमा पाण्डवसेनाहरु नराम्रो सित शिथिल बएका थिए । भीष्मको रथ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै बञो ।
अभिमन्युले सो सहन सकेन र उनले पितामहलाई आक्रमण गरे । सबभन्दा जेठा र सबै भन्दा कान्छाको बिच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देवताहरु पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरु मध्य एउटा बाणले दुरमुखको सारथीलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देबताहरुले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य बीरहरुले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनन्जयको सुयोग्य पुत्र भएको रहेछ" ।
 
 
तद अन्तर कौरब सेनाहरुले त्यस वीर नवयुबक माथि संयुक्त आक्रमण गरे, तर उनिहरु सबैको अगाडि उनी अडिक भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरुलाई अभिमन्युले काटेका थिए । उनले ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमले अति हर्ष गरेर वीर भतिजालाई आर्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।<br>