महाभारत खण्ड १९: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
दुशासनले कौरब सेना र भीमसेनले पाण्डव सेना हाँकेका थिए । युद्धको कोलाहल गुञ्जियो । आकाश थर्कियो । ढोलहरु, सिँगहरु, शंखहरु र बिकुलहरु खलबल हुने गरी बज्यो । कोलाहलले कान खायो । घोडाहरुले चित्कार गरे । उन्मत्त हाथीहरुले तीखो स्वर गरी बिकुल बजाए । लडाकुहरुले सिंहनाद गरेर आवाज निकाले । बाणहरु उज्वल उल्काहरु जस्तै आकाशबाट बर्सिन थाले । बाबु, छोरा, काका भतिजाहरुले पहिलेको प्रेम र सम्बन्धहरु बिर्सेर आफुमा आफुमा काटमार गर्न थाले । प्रचण्ड हत्या काण्ड भए ।<br>
 
पहिलो दिनको मध्यान्ह कालमा पाण्डवसेनाहरु नराम्रो सित शिथिल बएका थिए । भीष्मको रथ जहाँ जहाँ गयो त्यहाँ त्यहाँ संहारको नृत्य जस्तै बञो ।
अभिमन्युले सो सहन सकेन र उनले पितामहलाई आक्रमण गरे । सबभन्दा जेठा र सबै भन्दा कान्छाको बिच युद्ध भएको बेला त्यस द्वन्द युद्ध हेर्न देवताहरु पनि आएका थिए । अभिमन्युको रथमा सुबर्णको कर्णिकार रुख देखिने ध्वजा उज्वल भएर फरफराएको थियो । उनको एउटा बाण कृतबर्मालाई लाग्यो, शल्यलाई पाँच चोटी र भीष्मलाई नै नौ चोटी लागेको थियो । तरबारको धार जस्तो भएको अभिमन्युको बाणहरु मध्य एउटा बाणले दुरमुखको सारथीलाई लाग्यो, उनको छेदन भएको टाउको जमिनमा गुट मुटिएको थियो । अर्को बाणले कृपको बाणलाई भाँचि दियो । तमाशा हेर्न आएका देबताहरुले अभिमन्युको पराक्रममा फूल बर्साएका थिए । भीष्म र अन्य बीरहरुले अभिमन्युको प्रशंसा गर्दै ठूलो स्वरले भन्यो –" साँचै नै धनन्जयको सुयोग्य पुत्र भएको रहेछ" ।

तद अन्तर कौरब सेनाहरुले त्यस वीर नवयुबक माथि संयुक्त आक्रमण गरे, तर उनिहरु सबैको अगाडि उनी अडिक भएर बसेका थिए । भीष्मले प्रहार गरेका सबै बाणहरुलाई अभिमन्युले काटेका थिए । उनले ताकेर हानेको एउटा बाणले ताडिको रुख भएको भीष्मको ध्वजालाई पतन गरिदिए । त्यो देखेर भीमले अति हर्ष गरेर वीर भतिजालाई आर्को प्रोत्साहन दिनको लागि सिँहनाद गरेका थिए ।<br>
 
वीर बालकको बहादुरी देखेर पितामहलाई ठूलो हर्ष भयो । इच्छा नहुँदा नहुँदै पनि त्यस बालक माथि पूर्ण बल लगाएर भीष्मले आक्रमण गर्नु परेको थियो । त्यस नव युबक वीर अभिमन्युलाई भरोसा दिन बिराट, उनका छोरा उत्तर, द्रुपदका छोरा दृष्टद्युम्न र भीम आए । सबै मिलेर पितामहलाई आक्रमण गरे र भीष्मको ध्यान अभिमन्युबाट हटाए । बिराटको छोरा उत्तरले हाथीमा आरोहण गरेर शल्य माथि भयानक आक्रमण गरे । शल्यका रथका घोडाहरु मरे । त्यसो भए पछि शल्यले उत्तरलाई गदाले प्रहार गरे । गदा उत्तरको छातिमा नै लाग्यो । उत्तरको गदा हातबाट खस्यो र उनि लडेर म-यो । तर हाथी हटेर गएन । त्यस्ले हमला गर्दै रह्यो । तर शल्यले त्यसको सूँढ काटी शरीरको धेरै ठाउँहरुमा बाणहरुले प्रहार गरे । अनी त्यो हाथी ठूलो स्वरले करायो र म-यो । शल्यले कृतबर्माको रथ चढेका थिए ।<br>