विचार विज्ञान: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८०:
३. एउटा सिपाही आफ्नो मनमा गरूड पक्षीको चिन्तन गर्दै थियो, उसको फोटो लिइयो । प्लेटमा सुन्दर पक्षीको आकार प्रकट भयो ।
 
यी मानसिक चित्र एकत्रित विचारहरूबाट बन्दछन् । यसबाट के सिद्ध हुन्छ भने जसरी बिजुलीद्वारा बेटारबाट खबरहरू दिइन्छन् उसरी हामी आफ्नो मित्रलाई ऊ चाहे जति टाढा होस्–मानसिक सन्देश कुनै यन्त्रबिना दिन सक्छौं । यसबाट के सिद्ध हुन्छ भने विचार शक्ति अथवा इच्छा शक्ति लौह–चुम्बकको समान प्रभावशाली शक्ति हो ।
 
विचारहरूको असर केवल फोटो प्लेटमा चित्र बनाउन मात्र होन विज्ञानबाट यो पनि ज्ञात भएको छ कि विचारको बेला मस्तिष्कमा विद्युत उत्पन्न हुन्छ । यसको असर पनि मिकनांतिसी सुईद्वारा नापिएको छ । जहाँ बिजुली हुन्छ त्यहाँ आकाशका परमाणुहरूमा कम्पन हुन्छ । यसैले संकल्पद्वारा प्रत्येक मनुष्य आकाशमा परमाणुहरूको गतिलाई बदलिदिन्छ । परमाणुहरूको गति बदलिनाले आकाशमा रूप बन्दछन् । यी रूपहरूलाई संकल्प–रूप भन्दछन् । ती रूप आकाशमा परमाणुहरूद्वारा बन्नाको काराण चर्म–चक्षुहरूद्वारा देखिदैंन् । जस्तो संकप हुन्छ, उसको उस्तै नै रूप हुन्छ र यसैको अनुसार रूपको रङ्ग पनि हुन्छ । आकाशमा संकल्पद्वारा नाना प्रकारका रूप बन्दछन्, यी रूपहरूको बाह्य–रेखा कहिले स्पष्ट र कहिले अस्पष्ट हुन्छ । संकल्प जति बढी तीव्रता हुन्छ, उत्ति नै स्पष्ट रेखा पनि उसको हुन्छ । यदि संकल्प दृढ निश्चययुक्त छ भने त्यसको रूपले पनि एउटा विशेष आकार धारण गर्दछ । मनमा कुनै लक्ष्य निश्चित संकल्प आकाशमा कम्पन त उत्पन्न गर्छ, तर त्यसको रूप स्पष्ट नबन्ला
प्रेममय भावले उत्पन्न भएका संकल्पबाट सुन्दर फूलहरूका आकार बन्दछन् र भक्ति भाव तथा ईश्वरबाट सुन्दर फूलहरूका आकार बन्दछन् र भक्ति भाव तथा ईश्वराराधनाले गुंबजका समान कमलाकार रूप बन्दछन् । क्रोध र हिंसाको संकल्पबाट छुरा र बरछीका आकार बन्दछन् र आकाशको प्रवाह यी रूपहरूलाई धारणा गरेर ध्येय पुरुषतिर जान्छ र उसलाई मानसिक उपाधि गरेर आफ्नो प्रभाव पार्दछ । संकल्पका नाना प्रकारका चित्र उसको तेजोमय बन्दछ, जो कि प्रत्येक मनुष्यको चारैतिर दुई–दुई फीट फैलिरहन्छ ।