आकारका दृष्टिले यो सबैभन्दा ठुलो उपनिषद् हो । यो शतपथ ब्राह्मणको एक अंश हो । महर्षि याज्ञवल्क्य यस उपनिषद्का तत्त्वज्ञ उपदेष्टा हुन् , यसमा नीतिपरक, ब्रह्मपरक, सृष्टिपरक विषयहरूको विषद विवेचन पाइन्छ । सबै प्राणीका हृदयमा एउटै परमात्माको निवास छ र त्यो अमर एवं अविनाशी छ भन्ने कुरा पनि यसले उद्घोष गरेको छ ।[१]

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौं : अभिनव प्रकाशन