वाक्यमा प्रेरक र प्रेरितबिच सम्बन्ध स्थापना गरी प्रेरणा दिने गर्ने क्रियालाई प्रेरणार्थक भनिन्छ। प्रेरणार्थक वाक्यमा कर्ताले स्वयं कार्य नगरी अरु कसैलाई कार्य गर्न प्रेरित गर्छ। यहाँ प्रेरक कर्ता माध्यम र प्रेरित कर्ता कार्य सम्पादक बन्दछ।

                 अप्रेरणार्थक                                प्रेरणार्थक
             (क) छाेराे सुत्याे।                                    (ख) आमाले छाेरालाई सुताउनुभयो। 
 

प्रेरणार्थक वाक्यका आधारभूत घटक यस प्रकार छन्: सूत्र : प्रेरणार्थक वाक्य = प्रेरक कर्ता + प्रेरित कर्ता(कर्म) + प्रेरणार्थक क्रियापद

यसरी प्रेरणार्थक क्रियापदद्वारा कुनै कार्य गर्न अभिप्रेरित गर्ने प्रेरक-प्रेरित सम्बन्ध स्थापित वाक्यलाइ प्रेरणार्थक वाक्य भनिन्छ।

जस्तै :-

(१)तिमी भाइलाई नचाउँछ्यौ | (२)म विपिनलाई निकै काम गराउँछु | (३)सरूले रचनालाई हँसाइन् | (४)शिक्षकले विद्यार्थीहरूलाई व्याकरण पढाए |


माथिका उदाहरणहरूमा प्रेरणार्थकको रचना यसरी गरिएको छ :


प्रेरक कर्ता प्रेरित कर्ता (कर्म) प्रेरणार्थक क्रियापद धातुको संरचना

तिमी भाइ नचाउँछ्यौ नचाउ (नाच् + आउ)

म विपिन गराउँछु गराउ (गर् + आउ)

सरू रचना हँसाइन् हसाउ (हास् + आउ)

शिक्षक विद्यार्थीहरू पढाए पढाउ (पढ् + आउ)