दुर्गा भवानी

पुस्तक परिचय सम्पादन गर्नुहोस्

दुर्गा सप्तसती एक स्तोत्र पाठ हो जो संस्कृत भाषामा मन्त्रहरु र माता चण्डी (दुर्गा देवी) को चरित्र कथा रहेको छ। यसै गरी यो पूस्तकमा दुर्गा पूजा विधी होमन विधि आदी कुराहरु लेखिएको छ। यो पूस्तकमा १३ वटा अध्यायहरु छन्। साथै यसमा जम्मा ७०० वटा श्लोकहरुमा चण्डी पाठ सम्पादन गरिएको छ। यसमा दुर्गा कवच, अर्गला स्तोत्र र किलक दुर्गा सप्तसती भन्दा पहिले समावेश गरिएको छ।

पाठ विधी सम्पादन गर्नुहोस्

हुनत दुर्गा सप्तसती कहिलै पनि कहिँ पनि शुभ समयमा पाठ गर्न सकिन्छ तै पनि आश्विन र चैत्रको नवरात्रमा चण्डीपाठको बिशेष महत्व छ। माता दुर्गाको भक्तहरुले बिहान स्नानादी गरेर पवित्र भै शुद्ध आसनमा बस्ने अनि साथमा गंगाजल अथवा शुद्ध जल, पूजन सामाग्री र दुर्गा सप्तसतीको पूस्तकलाई आफ्नो अगाडी काठको रातो कपडाले बह्रेको चौकीमा राख्ने। साथै अर्को चौकिमा माता दुर्गाको प्रतिमालाई विराजमान गराउने, साथै दुर्गा यन्त्र रेसमी रातो कपडामा स्थापित गर्ने, बायाँ तर्फ कलश स्थापना, धुप अगर बत्ती आदी तथा कलशको ठिक अगाडी पट्टी माटाको भाँडामा शुद्ध बालुवा हालेर जमराको लागी जौ बोइदिने। यसैगरी आफ्नो दायाँ पट्टी शुद्ध घिउको दिप प्रज्वलीत गरेर जलले भरिएको शंख राख्ने। मस्तकमा रुची अनुशार रातो चंदन अथवा रोलीको तिलक लगाएर बस्ने। त्यसपछी शुद्धीकोलागी आचमन गर्दा खेरी निम्न लिखित चार मन्त्रहरुको उच्चारण गर्ने। आफ्नो दायाँ हातको हत्केलामा जल लिएर मंत्र पढ्दै जल मुखमा लगाउने अथवा चाख्ने। त्यस पछी हात धुने।

आचमन मन्त्रहरु-
  • ॐ ऐँ आत्मतत्वं शोधयामि नम: स्वहा॥ (म आत्मतत्वलाई शुद्धी गर्दै छु, प्रणाम गर्छु र उसको स्तुती गर्दै छु)
  • ॐ ह्रीँ विद्यातत्वं शोधयामि नम: स्वाह॥ (म आफ्नो ज्ञानलाई शुद्ध गर्दै छु, प्रणाम तथा स्तुती गर्छु)
  • ॐ क्लीँ शिवतत्वं शोधयामि नम स्वाह॥ (म शिवतत्वलाई शुद्ध गर्छु, प्रणाम तथा स्तुती गर्दै छु)
  • ॐ ह्रीँ क्लीँ सर्वतत्वं शोधयामि नम: स्वाह॥ (म ब्रह्म तत्वलाई शुद्ध गर्छु तथा प्रणाम गर्छु)। यती गरेर आचमन लिइ सके पछि औँलामा पवित्री (कुशको औँठी) धारण गरेर हातमा जल, फूल, अक्षता, लिएर दुर्गा सप्तसतीको पाठको उद्देश्यको उल्लेख गर्दै पाठ संकल्प गर्नु पर्छ। त्यस पछी दुर्गा सप्तसती को प्रारम्भ र अंतमा शापोद्धार तथा उत्किलन आदीको लागी निर्धारित मंत्रहरुको यथानिर्दिष्ट संख्यामा अथवा दुर्गा कल्पमा चण्डिकाशाप विमोचनको लागी निरुपित 18 मन्त्रहरुमा कुनै एक मन्त्रको 108 पटक जप गर्नु पर्छ।

मन्त्रहरु सम्पादन गर्नुहोस्

  • ॐ श्रीँ बुद्धि स्वरुपिण्यै महिषासुरसैन्यनाशिन्यै ब्रह्मवशिष्ठविश्वामित्रशापाद् विमुक्ता भव।

शापोद्धार विषयक मन्त्र (सात पटक जप)

  • ॐ ह्रीँ क्लीँ श्रीँ क्रां क्रीँ चण्डिकादेव्यै शापनाशानुग्रहं कुरु-कुरु स्वाहा।

उत्कीलन विषयक मंत्र (एक्काइस पटक जप)

  • ॐ श्रीँ क्लीँ ह्रीँ सप्तसती चण्डिके उत्किलनं कुरु-कुरु स्वाह।

मृत सञ्जीवनी विद्या विषयक मन्त्र (सात पटक जप)

  • ॐ ह्रीँ ह्रीँ वं वं ऐँ ऐँ मृत सञ्जीवनी विद्ये मृतमुत्थापयोत्थापय किँ ह्रिँ ह्रिँ वं स्वाह।

यहाँ यो ध्यान दिनु पर्छकी सप्तसतीको पाठको प्रारम्भ र अंतमा शापोद्धारका मन्त्रहरुको सात पटक, उत्कीलन मन्त्रहरुको एक्काइस पटक, मृतसञ्जीवनी मन्त्रहरुको सात पटक अथवा दुर्गाकल्पका कुनै पनि मन्त्रको 108 पटक जप अनिवार्य छ। यो विधिलाई न अपनाएर गरिएको दुर्गा सप्तसती पाठको कुनै फल मिल्ने छैन। "दुर्गा सप्तसती" पाठ गर्ने ब्राह्मणको लागी आफ्नो तथा यजमानको हितार्थ शापविमोचन सम्बन्धी मन्त्रहरुको प्रति सावधान रहनु आवश्यक छ। यि मन्त्रहरुको पाठ बिना दुर्गा सप्तसतीको पाठ गरेमा ब्राह्मण र यजमान दुवैलाई क्षति हुन्छ यो एक निश्चीत एवं निर्धारीत सत्य हो।

"दुर्गा सप्तसती" पाठबाट अभीष्ट लाभ पाउनको लागी पाठ पूर्व देवी कवच, अर्गला स्तोत्र तथा किलक को पाठ गर्नु पर्ने विधान पनि छ। यो सम्बन्धमा तन्त्र ग्रन्थमा भनिएको छ:- कवच सप्तसतीको बीज रुप हो, अर्गला उसको शक्ती हो र किलक विध्न बाधाहरुको निरोधक हो। यि तिनै पाठको साथमा गरिएको सप्तसती पाठ मात्र फलदायक हुन्छ। अत: प्रथम यी तिनवटै पाठ प्रस्तुत गरिएको छ।

पाठ नियम सम्पादन गर्नुहोस्

दुर्गा सप्तसती पाठकले केही खास नियमहरु पनि अपनाउनु पर्ने हुन्छन् जो यस प्रकार छन्:-

  • मनलाई एकाग्र गरेर माता अम्बाको ध्यान गर्दै श्रदापूर्वक पाठ गर्नु पर्छ।
  • पाठ मधुर स्वरमा गर्नु पर्छ। अक्षरहरुको उच्चारण स्पष्ट तथा यथासम्भव एकै लयमा हुनु पर्छ।
  • उच्चारणमा सिघ्रता गर्नु, पाठको गर्दा टाउको हल्लाउनु तथा पाठको बीचमा कसैसँग बातचीत गर्नु जस्ता दोषहरुलाई त्याग्नु पर्छ।
  • पाठ गर्दा अर्थलाई बुझेर देवीको महिमासँग पुलकित हुनु पर्छ।
  • पाठ कण्ठ भए पनि पूस्तकलाई अगाडि राख्नु पर्छ, जसले गर्दा विस्मरण तथा पाठको अशुद्धीबाट बचाउ हुन सक्छ।
  • यदी कुनै कारणवस पाठलाई बीचमा छोड्नु परेमा पाठलाई पुन: प्रारम्भबाट पढ्नु पर्ने हुन्छ।
  • अनिवार्य रुपले पाठ शुद्ध हुनु पर्छ। अशुद्ध गर्नाले पाठ गरेको आधा फल नष्ट हुन्छ।
  • प्रत्यक अध्यायको समाप्तीमा 'इती', 'वध', 'अध्याय', तथा 'समाप्त' जस्ता शब्दहरुको उच्चारण कहिल्यै पनि गर्नु हुदैन। प्रत्यक अध्यायको समाप्तीमा यस प्रकार भन्नु पर्छ:- श्रीमार्कण्डेयपुराणे सावर्णिके मन्वन्तरे देवीमाहत्म्ये (प्रथम:, द्वितीय:, तृतीय: आदि) ॐ तत्सत्।
  • सप्तसती स्तोत्रको पाठ मानसीक नभएर स्पष्ट शब्दमा हुनु पर्छ।
  • सप्तसती पाठलाई छिटो सिद्धाउने हतार तथा चित्त चंचलतामा नियन्त्रण राख्नु पर्छ।

हेर्नुहोस् सम्पादन गर्नुहोस्

देवी कवच