earthing:-

अर्थिंग:- विधुतको प्रयोग गर्दा करेन्ट नलागोस भनि अपनाएको एक प्रक्रियालाई अर्थिंग भनिन्छ । अर्थिंग कुनै पनि विधुतीय सामानको वडीमा लगाईएको हुन्छ। यदि कुनै पनि विधुतीय सामान बिग्रिएर या कुनै किसिम बाट सामानको वडीमा करेन्ट बहेमा उक्त करेन्ट सिधै जमिन तिर जाने गरि मिलाईएको प्रक्रियालाई नै अर्थिंग भनिन्छ । यदि घरमा  अर्थिंग गरिएको छ भने  हामीलाई करेन्ट लागि हाल्दैन र हामी बच्न सक्छौ । कुनै पनि विधुतीय  सामानको तारमा भएको तिन वटा पिन मद्धे  जुन तेस्रो पिन अर्थिंगमा लगाईएको पिन हो जुन सिधै जमिन संग जोडिएको हुन्छ  ।

अर्थिंग गर्दा जमिनमा ५,६ फित जति गहिरो खाडल बनाईनछ । उक्त खाडलमा तामाको प्लेट रखि प्लेट संग राम्ररी जोडिने गरि रड राख्ने या कस्ने , त्यस पछी कोइला र नुन राखिन्छ ( नुन र कोइला राख्नाले अर्थिंग प्लेटलाई चिसो वा ओसिलो बनाई राख्छ र अर्थिंग ले राम्रोसँग काम गरि रहने हुन्छ)। रडमा राम्रो संग अर्थिंग तार जोडी घरमा प्रयोग गरिने बत्तीको मेन पावेर बक्समा लैजाने र अर्थिन्ग्को लाईनमा जडान गरिदिने ।