कुनै आवाज,दृश्य वा क्रियाको तरिकालाई सहज किसिमले नक्कल गर्ने शब्दलाई अनुकरणात्मक शब्द भनिन्छ । नेपाली भाषाको आफ्नै मौलिक विशेषतालाई झल्काउने यस्ता अनुकरणात्मक शब्दहरू क्रियाविशेषण अन्तर्गत पर्दछन् । केही अनुकरणात्मक शब्दहरू र यससँग मेल खाने शब्दहरू तल दिइएका छन् ।


कलकल - पानी खानु भुसुक्क - बिर्सनु

खुरूखुरू - हिड्नु डमडम - बज्नु

गजक्क - पर्नु धपक्क - बल्नु

झमक्क -साँझ पर्नु झ्वाम्म - हाम फाल्नु

कुपुक्क - खानु गजधम्म - बस्नु

मुसुक्क - हाँस्नु सिरसिर ‍- हावा चल्नु

झुलुक्क - झुल्किनु भक्भकी - उम्लनु

लटरम्म - फल्नु फटाफट - जानु, गर्नु

थचक्क - बस्नु खलखल - पसिना बग्नु

सुलुक्क - निल्नु सरासर - हिड्नु

झनक्क - रिसाउनु डङडङ्ती - गन्हाउनु

झल्याँस्स - बिउँझनु झमक्क - साँझ पर्नु

ढकमक्क - फुल्नु पिटिक्क - भाँचिनु

जुरूक्क - उठ्नु टप्प - टिप्नु

भुतुक्क - हुनु पिच्च - थुक्नु

गमक्क - गम्किनु कपाकप - खानु

कुपुकुपु - खानु टक्रक्ल - राख्नु

फ्यात्त - फ्याक्नु हुत्त - फ्याक्नु

प्याट्ट - पिट्नु कुटुकुटु - हिड्नु

चिटचिट - पसिना आउनु सुँक्कसुँक्क - रुनु

चुर्लुम्म - डुब्नु तनक्क - कस्नु

धुरुधुरु - रुनु मुसुमुसु - हाँस्नु

फ्याट्ट - हिर्काउनु चस्चसी - घोच्नु

भुर्र - उड्नु स्वाँस्वाँ - गर्नु

पिलपिल - बत्ति बल्नु ठिङ्ग - उभिनु

लहलह - झुल्नु भतभत - पोल्नु

गमगम - बास्ना चल्नु मक्ख - खुसी हुनु

इत्यादि ।

केही अनुकरणात्मक शब्दहरूको प्रयोग तल हेरौं-

लटरम्म:- यो आँपको बोट त लटरम्म फलेको छ ।

लहलह:- खेतमा धानका बाला लहलह झुलिरहेका छन् ।

मक्ख:- उसको कर्के हेराइले होला उनी त मक्ख परिछन् ।

पिलपिल:- पर गाउँको एउटा घरमा बत्ती पिलपिल बलिरहेको छ ।

टलक्क:- बिहानीको घामले हिमाल टलक्क टल्किएको छ ।

भुर्र:- चरा भुर्र उड्यो ।